ताजा समाचार

रगत बग्दा तर मार्ने प्रयासमा रास्वपा, शक्ति राष्ट्रको उक्साहटमा राष्ट्रविरुद्ध धारेहात !

काठमाडाैं । जेनजी आन्दोलनको क्रममा १९ जनाले ज्यान गुमाएका छन भने १५ जनाको हाराहारीमा गम्भीर घाइतेहरुको उपचार जारी छ । तर, यस्तोबेला राष्ट्रिय स्वतन्त्र पार्टीेले भन तर मार्ने प्रयासलाई तीब्र पारेको छ ।

मध्यावधि चुनावको माग गरेको रास्वपाले रगतसंग मत साट्न खोजेको आरोप लागेको छ ।

जेनजी आन्दोलनले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा लगायत भ्रष्टाचारविरुद्ध आवाज उठाएपनि रास्वपालाई भने मध्यावधि चुनावको चटारो देखिएको हो ।

कतिपयले काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’लाई पार्टी खोल्न उक्साइरहेका छन भने रास्वपाले मध्यावधि निर्वाचनमार्फत सभापति रवि लामिछानेको सहकारी ठगीलाई समेत ढिसमिस पार्न खोजेको आरोप लागिरहेको छ ।

जेनजी आन्दोलनमा रास्वपा र दुर्गा प्रसाईं समूहको घुसपैठ भएको सार्वजनिक तथ्यकाबीच उनीहरुले मध्यावधि माग गर्न थालेपछि अनेक आशंकाहरु चल्न थालेका छन् ।

जेनजी सम्मिलित अन्तरिम सरकार गठनको पासा फाल्दै पश्चिमा शक्तिहरुले नेपालमा राजनीतिक अस्थिरता फैलाउने प्रयास चल्न थालेका छन् । अमेरिका र पश्चिमा शक्तिहरुले नेपालमा चलेको जेनजी आन्दोलनमा भएको घटनामा सात देशका दूतावासले संक्युक्त प्रेस वक्तव्य जारी गर्दै उनीहरुले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

अमेरिका, जापान, अष्ट्रेलिया, फ्रान्स, फिनल्याण्ड, दक्षिण कोरियाले संयुक्त वक्तव्य जारी गरेका हुन् । जेनजी आन्दोलनको घुसपैठमा समेत यस्तो स्थिति सिर्जना गर्मा यी देशहरुको भूमिका रहेको दाबा गर्ने गरिएको छ । जसमा रास्वपाले पनि तर मार्ने प्रयासलाई जोडतोडका साथ अघि सार्न खोजेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org