असामान्य राजनीतिक घटनाक्रमबारे एमालेको वक्तव्यः संविधानसम्मत निकास खोजिनुपर्छ !
काठमाडौं । मुलुकमा पछिल्ला दिनमा देखिएको असामान्य राजनीतिक परिस्थितिप्रति नेकपा (एमाले) गम्भीर र संवेदनशील बनेको जनाएको छ । पार्टी केन्द्रीय सचिवालयका तर्फबाट महासचिव शंकर पोखरेलबाट आज जारी वक्तव्यमा हालको घटनाक्रमलाई ‘राष्ट्रलाई दशकौँ पछाडि धकेल्ने विनाशकारी स्थिति’ को रूपमा चित्रण गर्दै संविधानसम्मत र लोकतान्त्रिक निकास खोजिनुपर्नेमा जोड दिइएको छ ।
भदौ २३ गते जेन्जी युवाहरुले सामाजिक सञ्जालको स्वतन्त्रता, सुशासन, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्दा भएको जनधनको क्षतिप्रति एमाले स्तब्ध भएको जनाएको छ । सो घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै वक्तव्यमा निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरिएको छ ।
त्यसको भोलिपल्ट भदौ २४ गते देशव्यापी रूपमा भएको आगजनी, तोडफोड, लुटपाट र हिंसात्मक घटनाले मुलुक स्तब्ध बनेको एमालेको दाबी छ । संसद, राष्ट्रपति भवन, सिंहदरबार, सर्वोच्च अदालत, विमानस्थल, प्रहरी कार्यालयलगायत संवैधानिक निकायमा गरिएको तोडफोड तथा अभिलेख नष्ट हुनु राष्ट्रका लागि ठूलो क्षति भएको एमालेले जनाएको छ । त्यस्तै, १३ हजारभन्दा बढी कैदीबन्दी जेल तोडेर भाग्नु शान्ति–सुरक्षामा गम्भीर चुनौती बनेको एमालेको भनाइ छ ।
आयोजकहरुले आफ्नो प्रदर्शन शान्तिपूर्ण रहेको र तोडफोडमा संलग्न नभएको प्रष्ट्याएको प्रसंग उल्लेख गर्दै वक्तव्यमा योजनाबद्ध रूपमा भएको विनाशकारी घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने माग गरिएको छ । साथै यति ठूलो विनाश रोक्न सुरक्षानिकाय प्रभावकारी हुन नसकेको विषयमा पनि समीक्षा हुनुपर्ने एमालेको भनाइ छ ।
प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधान र लोकतान्त्रिक विधिबाट खोजिनुपर्नेमा एमाले स्पष्ट रहेको बताएको छ । युवा पुस्ताका माग सम्बोधन गर्न सार्थक संवाद सुरु गर्न राष्ट्रपतिलाई ध्यानाकर्षण गराइएको छ । साथै संसद, न्यायपालिका, प्रदेश र स्थानीय तहले लोकतन्त्रको रक्षा र सेवाप्रवाहमा सक्रिय भूमिका खेल्नुपर्ने आग्रह गरिएको छ ।
एमालेले असामान्य स्थितिको लाभ उठाउँदै देशभर अझै पनि भइरहेको आगजनी र लुटपाट नियन्त्रणका लागि सेना सहित सबै सुरक्षा निकायलाई ध्यानाकर्षण गराएको छ । पार्टीले आफ्नो पङ्क्तिलाई सार्वजनिक कार्यालय सरसफाइ, सामाजिक सद्भाव कायम गर्न र पीडितलाई सहयोग पुर्याउन आह्वान गरेको छ ।
वक्तव्यमा भनिएको छ, “असामान्य चुनौतीबीच पनि एमाले दृढ विश्वासका साथ अगाडि बढ्नेछ । उच्च मनोबल कायम गरी प्रतिकूलतालाई चिर्नु आवश्यक छ ।”
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












