ताजा समाचार

बीपी राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काभ्रेले काभ्रेपलाञ्चोक जिल्लाभित्र पर्ने बीपी राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाएको छ ।

वर्षाका कारण बाढी, पहिरो र सडक अवरुद्ध हुने उच्च सम्भावना भएकाले रोक लगाइएको हो ।

आज असोज १६ गतेदेखि २१ गतेसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा राती सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।

भक्तपुर–धुलिखेल–सिन्धुली खण्ड हुँदै चल्ने सबै प्रकारका सवारी साधन यस अवधिमा सञ्चालन गर्न नपाइने निर्णय भएको हो ।

यो निर्णय गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचना अनुसार उच्च सतर्कता र पूर्वतयारी अपनाउनका लागि गरिएको प्रशासनले जनाएको छ ।।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org