सप्तकोसी आसपासका बासिन्दालाई सतर्क रहन सुनसरी प्रशासनले आग्रह !
काठमाडौं । देशभर लगातार भइरहेको वर्षासँगै सप्तकोसी नदीको जलस्तरमा वृद्धि हुन सक्ने सम्भावना बढेपछि सुनसरी प्रशासनले सप्तकोसी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
शनिबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जिल्ला प्रहरी प्रमुख एसपी केशब कुमार थेबे, सशस्त्र प्रहरीका प्रमुख, नेपाली सेनाका प्रतिनिधि तथा जिल्ला विपद् व्यवस्थापन समितिका सदस्यहरूको टोलीले सप्तकोसी ब्यारेजदेखि चतरा पुलसम्म स्थलगत अनुगमन गरेको हो।
अनुगमनपछि एसपी थेबेले अहिले कोशी नदीको बहाब सामान्य रहेको र तत्काल कुनै ठूलो जोखिमको स्थिति नभए पनि निरन्तर निगरानी राखिएको जानकारी दिए। उनका अनुसार विगतका वर्षझैँ आकस्मिक बाढीको सम्भावना नटारिएकाले किनार नजिकका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो।
सुनसरीका प्रमुख जिल्ला अधिकारी मिश्रले बाढीको जोखिम सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक परे सुरक्षित स्थानतर्फ सर्न, राति सचेत रहन र कुनै पनि असामान्य गतिविधि वा नदीको बहाब बढेको अनुभव भए तुरुन्तै नजिकको प्रहरी वा स्थानीय प्रशासनलाई जानकारी दिन आग्रह गरेको छ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












