ताजा समाचार

राजनीतिक दल र सरकारसंग छलफल गर्दै राष्ट्रपति पाैडेल

काठमाडाैं । निर्वाचन तोकिएकोसमयमै हुने-नहुने आशंका बढिरहेको बेला राष्ट्रपति रामचन्द्र पाैडेलले शुक्रबार सरकार र राजनीतिक दलका नेताहरुसंव सम्ाद गर्ने भएका छन् ।

राष्ट्रपति पाैडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरु र राजनीतिक दलका नेताहरुसंग सम्वादको तयारी गरेका हुन् ।

शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्ने बताइएको छ ।

राष्ट्रपतिको निवास शितलनिवासमै छलफल हुने र यसका लागि बिहीबार नै प्रधानमन्त्री सुशीला कार्कीसहित केहि मन्त्रीहरु राष्ट्रपति पाैडेललाई भेट्न पुगेका थिए ।

फागुन २१ का लागि तोकिएको निर्वाचनमा एमाले कांग्रेसले के गर्छन भन्ने संशय चलिरहेको बेला राष्ट्रपति पाैडेलले अग्रसरता लिएका हुन् । कार्की नेतृत्वको सरकारप्रति एमाले आक्रमक बनिरहेको छ । सरकारले एमाले अध्यक्ष केपी ओलीलाई पक्राउ गर्ने तयारी गरेपछि माहोल थप बिग्रिन पुगेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org