स्वास्थ्य सेवा विभागले गर्यो ५ थान थ्रीडी म्यामोग्राफी मेसिन वितरण, ३ हजार भन्दा बढी महिला लाभान्वित
काठमाडौं । स्तन क्यान्सरको प्रारम्भिक पहिचानका लागि अत्याधुनिक प्रविधि मानिने थ्री डी (3D) म्यामोग्राफी सेवा अब राजधानी बाहिर पनि विस्तार गरिएको छ। स्वास्थ्य सेवा विभागले आर्थिक वर्ष २०८०/८१ मा पाँच थान थ्रीडी म्यामोग्राफी मेसिन खरिद गरी देशका प्रमुख पाँच अस्पतालहरूमा वितरण गरेको छ।
वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, निजामती कर्मचारी अस्पताल काठमाडौं, नारायणी अस्पताल वीरगञ्ज र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मेसिन वितरण गरिएको हो। देशकै सबैभन्दा ठूलो मध्ये एक विपी क्यान्सर अस्पतालमा लामो समयदेखि सेवा बन्द हुँदा सेवाग्राही प्रभावित भएपनि अब भने सेवाग्राहीले सहज सेवा पाउनेछन् । ती सबै अस्पतालमा हाल सेवा सञ्चालनमा आइसकेको छ भने ३००० भन्दा बढी बिरामीहरूले सेवा लिइसकेका छन्।
स्वास्थ्य सेवा विभागले यी म्यामोग्राफी मेसिन २०८१ सालको अषाढ २४ गते प्राप्त गरी अस्पतालहरूसँग त्रिपक्षीय सम्झौता गरी श्रावण महिनामा सामान बुझि जडान गरेपछि सेवा सञ्चालन भएको हो ।
देशकै सबैभन्दा धेरै बिरामीको चाप हुने मध्येको एक विपी अस्पताल धरानमा समेत म्यामोग्राफी मेसिन पुगेपछि एमडी अध्ययन गर्नेहरुले समेत क्षमता अभिवृद्धिसंगै सेवाग्राहीले उपचारमा सहजता प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
पहिले थ्रीडी म्यामोग्राफी सेवा सरकारी अस्पतालमध्ये केवल वीर अस्पतालमा मात्र उपलब्ध थियो। सेवा सीमित हुँदा राजधानी बाहिरका महिलाहरू स्तन क्यान्सरजस्तो गम्भीर रोगको समयमै पहिचान र उपचारबाट बञ्चित भइरहेका थिए। अब भने राजधानी बाहिरका अस्पतालमा पनि सेवा सुरु भएपछि दुरदराजका बिरामीहरूलाई सहज भएको छ।
थ्रीडी म्यामोग्राफीले स्तनको विभिन्न कोणबाट सूक्ष्म तस्बिर खिच्ने भएकाले प्रारम्भिक अवस्थामै सानो ट्युमरसमेत देख्न सकिन्छ। यसले समयमै क्यान्सर पहिचान गरी उपचार गर्न मद्दत पुर्याउने चिकित्सकहरूको भनाइ छ।
खरिद प्रक्रिया अन्तर्गत विभागले एक थान मेसिन करबाहेक रु. २ करोड ५१ लाखमा खरिद गरेको हो। सोही मेसिन अन्य अस्पतालहरूले झण्डै चार करोडमा खरिद गरेपनि विभागले लागत बचत गर्दै गुणस्तरीय मेसिन खरिद गरेको देखिन्छ।
विगतमा केही अस्पतालहरूमा म्यामोग्राफी सेवा लामो समयदेखि बन्द हुँदा बिरामीहरू समस्यामा परिरहेका थिए। अहिले सेवा पुनः सुरु भएसँगै स्तन क्यान्सरको प्रारम्भिक स्क्रिनिङ गराउन आएका महिलाहरूले राहत पाएका छन्।
नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार स्तन र पाठेघर मुखको क्यान्सरको निःशुल्क प्रारम्भिक जाँच तथा उपचारको सेवा देशभर विस्तार गर्ने लक्ष्य छ। स्वास्थ्य सेवा विभागको यो कदम उक्त नीतिको कार्यान्वयनतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












