ताजा समाचार

हमासको बन्धक बनेका विपिन जिवित रहेको सूची सार्वजनिक, नेपाल फर्किने अपेक्षा

काठमाडाैं । हमासले गाजामा बन्धक बनाएकामध्ये २२ जना जीवित रहेको विश्वास गरिएको छ । त्यसमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको नयाँ सूची सार्वजनिक भएको छ।

वासिङ्टन पोस्टले सार्वजनिक गरेको जीवित रहेको विश्वास गरिएका बन्धकहरूको सूचीमा विपिनको पनि नाम छ। यसले अब विपिन नेपाल फर्किने अपेक्षा बढाएको छ ।

यसअघि सीएनएनले प्रकाशन गरेको रिपोर्टमा भने २० बन्धक मात्र जीवित रहेको सूची दिइएको थियोे भने नेपाली विपिनको अवस्था अज्ञात भनिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org