ताजा समाचार

राप्रपा असन्तुष्ट पक्षको बैठक सुकेधारामा बस्दै !

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा.धवलशम्शेर राणाले असन्तुष्ट पक्षको बैठक सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बोलाएका छन्।

राणाले आइतबार दिउँसो १२ः३० बजे बस्ने गरी बैठक बोलाएका हुन्। राणानिकट एक केन्द्रीय सदस्यका अनुसार छलफलका लागि मुख्य गरी चार एजेन्डा तय गरिएको छ।

नियमित महाधिवशेनका लागि दबाब बढाउने र नियमित हुन नसके विशेष महाधिवेशन गर्न दबाब बढाउन असन्तुष्ट पक्षको बैठक बोलाइएको ती नेताले जानकारी दिए।

राप्रपाको नियमित महाधिवेशन आउँदो मंसिरमा गरिसक्नुपर्नेछ। असन्तुष्ट पक्षको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरूको पुनर्बहालीको विषयमा पनि छलफल हुनेछ।

राणाले बोलाएको बैठकमा केन्द्रीय समिति बैठक आह्वान गर्न अध्यक्ष लिङदेनलाई दबाब दिने उद्देश्य समेत रहेको असन्तुष्ट पक्षले जनाएको छ। तीन–तीन महिनामा बोलाउनुपर्ने केन्द्रीय समितिको बैठक माघदेखि बस्न सकेको छैन।

यस्तै, जेन–जी आन्दोलनपछि पार्टी मुकदर्शक भएको विषय पनि बैठकको एजेन्डाका रुपमा रहेको छ। नेताहरूलाई कारबाही गरेपछि राप्रपामा दुई पक्षको दूरी बढेको छ। दुवै पक्षले छुट्टाछुट्टै बैठक बोलाउन थालेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org