ताजा समाचार

कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश

धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् ।

कांग्रेस एमालेले सरकार निर्माणको तयारी गरिरहेको बेला माओवादी केन्द्र, जसपा, लोसपा, जनमत पार्टीले सरकार निर्माणको सहमति गरेका हुन् । योसंगै सोनलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका हुन् ।

सोनललाई नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा र एकीकृत समाजवादीले समर्थन गरेका छन् ।

यसअघि कांग्रेस, एमाले र जनमतको सहकार्यमा सरकार बनाउने प्रयास भएको थियो । यी तीनवटा पार्टीले हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई पत्र बुझाइसकेको थिए ।

तर जनमतले कांग्रेस-एमालेको साथ छाडेपछि आज छुट्टै गठबन्धन बनेको हो । जितेन्द्र सोनल लोसपा नेपालका उपाध्यक्ष पनि हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org