भाेली लिग २ काे पहिलाे खेल खेल्दै नेपाली टाेली !
काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत नेपालले भोली(अक्टोबर–२६) यूएई र अमेरिकासँगको एक दिवसीय त्रिदेशीय शृंखलामा पहिलाे खेल अमेरिकासँग खेल्दै छ ।
लिग २ को यस शृंखला यही २६ अक्टोबरदेखि ५ नोभेम्बर (९–१९ कात्तिक)सम्म यूएईमा हुँदैछ । त्यसपछि ३० अक्टोबरमा यूएईसँग, १ नोभेम्बरमा अमेरिका र ५ नोभेम्बरमा यूएईसँग खेल्ने खेल तालिका रहेको छ ।
नेपाली टोलीले यसअघि गत असारमा एसोसियटका दुई बलिया टोली स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध स्कटल्यान्डमा गएर लिग २ को शृंखला खेलेको थियो । उक्त शृंखला खेल्नुअघि नेपाल १२ खेलमा ६ अंक मात्र जोडेर ८ टोलीमध्ये सबैभन्दा पुछारमा थियो । उक्त शृंखलामा ३ खेल जित्दै नेपाल १६ खेलबाट १२ अंक जोड्दै एक स्थान माथि उक्लिएको थियो ।
त्यस शृंखलामा नेपाली टोलीले निकै स्तरीय प्रदर्शन गर्दै लिग २ मा पुनरागमनको सुरुवात भएको संकेत दिएको थियो । नेपालले नेदरल्याण्ड्सलाई दुवैपटक हराउँदा स्कटल्याण्डसँग एक खेलमा कीर्तिमानी जित निकालेको थियो । नेपालले सबै खेल जितेमा पनि २० अंकमा पुग्नेछ जुन् अवस्थामा नेपाल १९ अंक रहेको नामिबियालाई पछि पारेर सातौंबाट छैटौंमा उक्लन सक्छ ।
लिग २ को तालिकामा हाल अमेरिका २० खेलमा २८ अंक जोडेर दोस्रो स्थानमा छ । स्कटल्याण्ड ३० अंकसहित शीर्ष स्थानमा छ । त्यस्तै १६ खेलमा १२ अंक जोडेर नेपाल सातौं स्थानमा छ भने १६ खेलमा ६ अंकसहित यूएई पुछारमा छ ।
अमेरिकाले हालसम्म १४ जित र ६ हारको नतिजा निकालेको छ । नेपाल र यूएईसँग यसअघि पनि खेलिसकेको अमेरिकाले यस लिग २ साइकलमा दुवै टोलीसँग हार बेहोरेको छैन । यस्तै यूएईले भने ३ जित निकाल्दा १३ हार बेहोरेको छ ।
नेपालले ओडिआईमा अमेरिकासँग हालसम्म ८ पटक खेलेको छ । जहाँ नेपालले ४ खेलमा जित निकाल्दा अमेरिकाले ३ खेल जितेको छ । एक खेल टाइ भएको थियो । त्यस्तै यूएईसँग नेपालले हालसम्म १५ पटक ओडिआईमा खेलेको छ । नेपाल ९ खेलमा विजयी हुँदा यूएईले ६ खेल जितेको छ ।
नेपाली टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, अनिल साह, आरिफ शेख, भीम सार्की, गुल्शन झा, शाहब आलम
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











