भाेली लिग २ काे पहिलाे खेल खेल्दै नेपाली टाेली !
काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत नेपालले भोली(अक्टोबर–२६) यूएई र अमेरिकासँगको एक दिवसीय त्रिदेशीय शृंखलामा पहिलाे खेल अमेरिकासँग खेल्दै छ ।
लिग २ को यस शृंखला यही २६ अक्टोबरदेखि ५ नोभेम्बर (९–१९ कात्तिक)सम्म यूएईमा हुँदैछ । त्यसपछि ३० अक्टोबरमा यूएईसँग, १ नोभेम्बरमा अमेरिका र ५ नोभेम्बरमा यूएईसँग खेल्ने खेल तालिका रहेको छ ।
नेपाली टोलीले यसअघि गत असारमा एसोसियटका दुई बलिया टोली स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध स्कटल्यान्डमा गएर लिग २ को शृंखला खेलेको थियो । उक्त शृंखला खेल्नुअघि नेपाल १२ खेलमा ६ अंक मात्र जोडेर ८ टोलीमध्ये सबैभन्दा पुछारमा थियो । उक्त शृंखलामा ३ खेल जित्दै नेपाल १६ खेलबाट १२ अंक जोड्दै एक स्थान माथि उक्लिएको थियो ।
त्यस शृंखलामा नेपाली टोलीले निकै स्तरीय प्रदर्शन गर्दै लिग २ मा पुनरागमनको सुरुवात भएको संकेत दिएको थियो । नेपालले नेदरल्याण्ड्सलाई दुवैपटक हराउँदा स्कटल्याण्डसँग एक खेलमा कीर्तिमानी जित निकालेको थियो । नेपालले सबै खेल जितेमा पनि २० अंकमा पुग्नेछ जुन् अवस्थामा नेपाल १९ अंक रहेको नामिबियालाई पछि पारेर सातौंबाट छैटौंमा उक्लन सक्छ ।
लिग २ को तालिकामा हाल अमेरिका २० खेलमा २८ अंक जोडेर दोस्रो स्थानमा छ । स्कटल्याण्ड ३० अंकसहित शीर्ष स्थानमा छ । त्यस्तै १६ खेलमा १२ अंक जोडेर नेपाल सातौं स्थानमा छ भने १६ खेलमा ६ अंकसहित यूएई पुछारमा छ ।
अमेरिकाले हालसम्म १४ जित र ६ हारको नतिजा निकालेको छ । नेपाल र यूएईसँग यसअघि पनि खेलिसकेको अमेरिकाले यस लिग २ साइकलमा दुवै टोलीसँग हार बेहोरेको छैन । यस्तै यूएईले भने ३ जित निकाल्दा १३ हार बेहोरेको छ ।
नेपालले ओडिआईमा अमेरिकासँग हालसम्म ८ पटक खेलेको छ । जहाँ नेपालले ४ खेलमा जित निकाल्दा अमेरिकाले ३ खेल जितेको छ । एक खेल टाइ भएको थियो । त्यस्तै यूएईसँग नेपालले हालसम्म १५ पटक ओडिआईमा खेलेको छ । नेपाल ९ खेलमा विजयी हुँदा यूएईले ६ खेल जितेको छ ।
नेपाली टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, अनिल साह, आरिफ शेख, भीम सार्की, गुल्शन झा, शाहब आलम
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












