सीडीओ सरुवामा थिति बसाल्दै गृहसचिव दंगाल र महाशाखा प्रमुख पराजुली
काठमाडाैं । प्रमुख जिल्ला अधिकारी सरुवामा पहिलो पटक वरिष्ठता र अनुभवलाई आधार बनाएर आर्थिक चलखेललाई पूर्णतः निषेध गरिएको पाइएको छ । गृहसचिव रामेश्वर दंगाल र प्रशासन महाशाखा प्रमुख कालीप्रसाद पराजुलीले योग्य र सक्षमलाई प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गर्दै सीडीओ सरुवामा हुने आर्थिक चलखेल रोकेका हुन् ।
पूर्वगृहमन्त्री रमेश लेखक र तत्कालीन गृहसचिव गोकर्णमणी दवाडीले ठूलो रकमको चलखेल गर्दै सीडीओ सरुवामा मच्चाएको वितण्डा दंगाल र पराजुलीले सच्याएको कर्मचारी वृत्तमा चर्चा चल्न थालेको छ ।
पर्सा, रुपन्देही, बारा र ललितपुरको सीडीओमा अनुभव नै नभएकाहरुलाई पदस्थापन गरिएको थियो भने अन्य जिल्लामा समेत यसरी नै अनुभव नै नभएका कर्मचारीहरुलाई सीडीओ बनाइएको थियो । तर, अहिले भने यस्तो विषयलाई रोक्दै भक्तपुरमा समेत काभ्रेका अनुभवी सीडीओ उमेश ढकाललाई ल्याइएको छ । उपत्यकाको सुरक्षा व्यवस्था समेत चुस्त राख्नुपर्ने भएकाले काठमाडाैं उपत्यकालाई विशेष ढंगले हेरिएको छ ।
सीडीओ सरुवा चलखेलवारेको समाचार हेर्नुहोस्ः सीडीओको खेलोफड्कोमा गृहमन्त्रीको एकलाैटी, सीडीओ अनुभव लिने पद बन्दा सरकारमा तरङ्ग !
उसोतः ललितपुरको सीडीओमा पठाइएका प्रेम भट्टराई अनुभवी र काबिल भएपनि आर्थिक रुपमा बद्नामित पात्र हुन् । रुपन्देहीको माधव पोखरेल, सुनसरीमा बासु घिमिरे, मोरङमा युवराज कट्टेल, पर्सामा भोला दाहाल, मकवानपुरमा बसन्त अधिकारी जस्ता अब्बल कर्मचारीलाई सीडीओमा पठाइएको विषयले नै निर्णय विवादास्पद नभएको प्रष्ट पारेको छ ।
गृहसचिव दंगाल अब्बल र काबिल कर्मचारीको रुपमा चिनिन्छन् । सरुवा बढुवामा दंगालले अनुभव, वरिष्ठता र कार्यक्षमतालाई नै केन्द्रमा राखेर काम गर्दै आएका छन् । आर्थिक चलखेललाई पूर्णतः निषेध गर्दा नतिजा समेत देखिने विश्वास गरिएको छ । यस्तै, प्रहरीको डीआइजी बढुवा सिफारिसमा भने प्रश्न उठेको छ । डीआइजी बढुवामा गृहमन्त्री ओमप्रकाश अर्याल हाबी भएको आरोप लागिरहेको छ ।
को कहाँ हेर्नुहोस्ः
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...












