सीडीओ सरुवामा थिति बसाल्दै गृहसचिव दंगाल र महाशाखा प्रमुख पराजुली
काठमाडाैं । प्रमुख जिल्ला अधिकारी सरुवामा पहिलो पटक वरिष्ठता र अनुभवलाई आधार बनाएर आर्थिक चलखेललाई पूर्णतः निषेध गरिएको पाइएको छ । गृहसचिव रामेश्वर दंगाल र प्रशासन महाशाखा प्रमुख कालीप्रसाद पराजुलीले योग्य र सक्षमलाई प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गर्दै सीडीओ सरुवामा हुने आर्थिक चलखेल रोकेका हुन् ।
पूर्वगृहमन्त्री रमेश लेखक र तत्कालीन गृहसचिव गोकर्णमणी दवाडीले ठूलो रकमको चलखेल गर्दै सीडीओ सरुवामा मच्चाएको वितण्डा दंगाल र पराजुलीले सच्याएको कर्मचारी वृत्तमा चर्चा चल्न थालेको छ ।
पर्सा, रुपन्देही, बारा र ललितपुरको सीडीओमा अनुभव नै नभएकाहरुलाई पदस्थापन गरिएको थियो भने अन्य जिल्लामा समेत यसरी नै अनुभव नै नभएका कर्मचारीहरुलाई सीडीओ बनाइएको थियो । तर, अहिले भने यस्तो विषयलाई रोक्दै भक्तपुरमा समेत काभ्रेका अनुभवी सीडीओ उमेश ढकाललाई ल्याइएको छ । उपत्यकाको सुरक्षा व्यवस्था समेत चुस्त राख्नुपर्ने भएकाले काठमाडाैं उपत्यकालाई विशेष ढंगले हेरिएको छ ।
सीडीओ सरुवा चलखेलवारेको समाचार हेर्नुहोस्ः सीडीओको खेलोफड्कोमा गृहमन्त्रीको एकलाैटी, सीडीओ अनुभव लिने पद बन्दा सरकारमा तरङ्ग !
उसोतः ललितपुरको सीडीओमा पठाइएका प्रेम भट्टराई अनुभवी र काबिल भएपनि आर्थिक रुपमा बद्नामित पात्र हुन् । रुपन्देहीको माधव पोखरेल, सुनसरीमा बासु घिमिरे, मोरङमा युवराज कट्टेल, पर्सामा भोला दाहाल, मकवानपुरमा बसन्त अधिकारी जस्ता अब्बल कर्मचारीलाई सीडीओमा पठाइएको विषयले नै निर्णय विवादास्पद नभएको प्रष्ट पारेको छ ।
गृहसचिव दंगाल अब्बल र काबिल कर्मचारीको रुपमा चिनिन्छन् । सरुवा बढुवामा दंगालले अनुभव, वरिष्ठता र कार्यक्षमतालाई नै केन्द्रमा राखेर काम गर्दै आएका छन् । आर्थिक चलखेललाई पूर्णतः निषेध गर्दा नतिजा समेत देखिने विश्वास गरिएको छ । यस्तै, प्रहरीको डीआइजी बढुवा सिफारिसमा भने प्रश्न उठेको छ । डीआइजी बढुवामा गृहमन्त्री ओमप्रकाश अर्याल हाबी भएको आरोप लागिरहेको छ ।
को कहाँ हेर्नुहोस्ः
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












