कोशी प्रदेशकै नमुना मानिन्छ ‘सम्झना टोल विकास संस्था’, शनिबार साधारणसभा
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभा यही कार्तिक २२ गते शनिबार आयोजना हुने भएको छ । साधारणसभाले निर्वाचन मार्फत ११ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । योभन्दा अगाडि ९ सदस्यीय कार्यसमिति रहेको थियो । अब बन्ने नयाँ कार्यसमितिमा चारजना पदाधिकारी हुनेछन् भने तीन जना महिला अनिवार्य रहनेछन् । बढीमा ७ जना कार्यसमिति सदस्य चयन हुनेछन् । उद्घाटनसत्र, सम्मान कार्यक्रम, विभिन्न प्रतिवेदन प्रस्तुतीकरण, बन्दसत्र र निर्वाचनमा विजयी भएकाहरुका लागि सपथग्रहण समारोह कार्यक्रमका आकर्षण हुनेछन् ।
साधारणसभाको अवसरमा अहिलेसम्म गरिएका कामहरुको सांगठनिक प्रतिवेदन अध्यक्ष केदार कार्कीबाट प्रस्तुत गरिने छ । यस्तै आगामी दिनमा गरिने कामहरु तथा कार्ययोजनासहित नीति तथा कार्यक्रम समेटिएको सांगठनिक प्रतिवेदन अध्यक्ष कार्कीबाट साधारणसभामा प्रस्तुत हुनेछ । लेखा परीक्षकबाट (अडिट रिर्पोट) सल्लाह–सुझावसहित वासलात, आम्दानी र खर्च विवरण प्रस्तुत गरिने छ । यसैगरी संस्थाका उपाध्यक्षले नयाँ विधान तथा अक्षयकाृेष सञ्चालन गर्नेलगायतको विषय हलमा प्रस्तुत गर्नु हुनेछ । सांगठनिक, नयाँ विधान तथा लेखा परीक्षण सम्बन्धी प्रस्तुत गरिएका प्रवेदनहरुमाथि व्यापक छलफल गरेर हलबाट पारित गर्ने कार्यक्रम छ । त्यसपछि दोस्रो सत्रमा नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइने छ । स्वच्छरुपमा निर्वाचन गरेर कार्यसमिति चयन गर्न तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिको संयोजकमा हरिप्रसाद अधिकारी, सदस्यमा अन्जना पोखरेल र सुर्यप्रसाद पराजुली चयन हुनु भएको छ ।
सम्झना टोल विकास संस्था विराटनगरमा नमुनाका रुपमा स्थापित भएको छ । विराटनगर नगर समन्वय समितिलगायत अधिकांश वडाहरु र टोलविकास संस्थाहरु निष्क्रिय भएका बेला यो टोल विकास संस्थाको नेतृत्व गर्ने अध्यक्ष तथा अन्य पदधिकारी, सदस्यहरु विकास निर्माण तथा सामाजिक काममा सक्रिय रहँदै आएका छन् ।
यसैक्रममा केदार कार्कीको नेतृत्वमा टोलका हरेक विकास निर्माणका कामहरु, टोलमा भएका समस्याहरुको समाधान, टोृललाई सफाइ गर्दै हराभरा बनाउने, सडक पिच गर्ने, ढल निर्माण लगायतमा सक्रियतापुर्वक काम हुँदै आएको छ । पछिल्लो समय यहाँका चोकमा स्लोगन लेखिएका बोर्डहरु राखिएका छन् । सम्झना टोल विकास जन्मिएको जानकी चोक र स्वामी चोकमा स्लोगन सहितको बोर्ड राखिएको छ ।
बोर्डमा लेखिएका स्लोगनहरु:
१) बचत गरौं घरघरमा, विकास गरौं टोलटोलमा
२) सफाइ नै सभ्यता हो, आफ्नो घर अगाडि सधैं सफा राखौं ।
३) सवारीसधान विस्तारै चलाऔं, गन्तव्यमा अवस्य पुगिन्छ ।
४) वृक्षारोपण गरौं, संरक्षणमा ध्यान दिऔं ।
साधारणसभाको अवसरमा नियमित बचत गर्ने ७१ वर्षिय रामकुमार श्रेष्ठ, नियमितरुपमा कर्जाको किस्ता तिर्ने ८२ वर्षिया भगमाया गिरी, विरुवाको नियमित संरक्षणकर्ता ८१ वर्षिय हेमराज बस्नेतलाई नगदसहित सम्मान गर्ने कार्यक्रम छ । उहाँहरुलाई जनही १ हजार १ सय ११ रुपियाँसहित दोसल्ला, प्रमाणपत्रसहित सम्मान गरिनेछ । यसैगरी छिमेकी पृथ्बी टोल अन्तर्गृत सिद्धीमार्ग विकास समितिलाई सडक किनारमा वृक्षारोपण, रंगरोगन बाटो पिच, ढल व्यवस्थापन, सरसफाइमा ध्यान दिएको भन्दै ५ हजार ५ सय ५५ रुपियाँ र सम्मानपत्रसहित सम्मान गरिने भएको छ । यसैगरी टोल विकास संस्थाले गरेका कामहरुको प्रभावकारी समाचार सम्प्रेषण गरेर हौसला प्रदान गरेको भन्दै पत्रकार केशव प्रसाद भट्टराईलाई नगद ११ हजार १ सय ११ रुपियाँ र सम्मानपत्रले सम्मान गरिने टोल विकास संस्थाले सर्वसम्मत निर्णय गरेको छ ।
टोल विकास नमूना बनाउन केदार कार्कीको योगदान
सम्झना टोल विकास संस्थाका अध्यक्ष केदार कार्की र उहाँको समूहको टोलमा विकासको प्रयास, विभिन्न समस्या समाधान, सरसफाइलगायतका काममा विशेष सक्रियता रहेको छ । कार्कीले २०५७ सालदेखि यस टोल विकास संस्थामा निरन्तर अध्यक्षको जिम्मेवारीमा रहेर उदाहरणीय काम गर्दै आउनु भएको छ ।
वास्तवमा विहान उठेदेखि रातिसम्म अध्यक्ष कार्कीको ध्यान टोललाई कसरी राम्रो बनाउनेमा केन्द्रित छ । ‘अब भने म फुर्सद लिने पक्षमा छु’, अध्यक्ष कार्कीले बताउनु भयो । तर टोल विकास संस्थाका प्रतिनिधिहरु भने अझै उहाँको सक्रियता खाँचो भएको बताउँछन् ।
विराटनगर महानगपालिकाको ७० प्रतिशत र ३० प्रतिशत जनताको योगदानमा टोललाई नमुना बनाउन कार्की र उहाँको.समूहको विशेष प्रयास रह्यो । पहिलो चरणमा ग्राभेल र पछिल्लो चरणमा पिचको नीति लिएर अहिले सबै सडक व्यवस्थित भएका छन् । आजभोलि पनि बाटोको मर्मतसम्भार र रंगरोगनका लागि अध्यक्ष कार्की नेतृत्वको ध्यान गएको देखिन्छ । टोलमा आगामी दिनमा गर्नुपर्ने कामका सम्बन्धमा महानगरपालिकामा ध्यानाकर्षण गराइ सकिएको र सो प्रतिवेदनलाई शनिबारको साधारणसभामा पेस गरेर छलफल गर्ने योजना छ । शनिबारको साधारणसभामा व्यापक छलफल गरेपछि निष्कर्षसहितको प्रतिवेदन लिएर विराटनगर महानगरपालिका र ५ नं वडा समितिको कार्यालयमा जाने तयारी गरिएको अध्यक्ष कार्कीले यस सञ्चारमाध्यमलाई जानकारी दिनु भयो ।
कार्कीको सक्रियतामा विराटनगरका सबै वडा र ती वडामा टोल विकास संस्थाहरु गठन भए । उहाँको सक्रयतामा विराटनगरका सबै वडागत टोल विकास संस्था गठन भए । अनि प्रत्येक वडा अन्तर्गत विभिन्न टोल विकास संस्थाहरु गठन भए । विराटनगरका सबै टोलहरुमा सक्रिय भएका कार्कीले पछिल्लो समय लामो समयसम्म पदमा नबस्ने मनसाय बनाउनु भयोृ । सिंगो नगरको सबै वडाहरु र त्यस अन्तर्गतका सबै टोल हाँक्ने जिम्मा अर्कैलाई सुम्पिनु भयो । तर परिस्थितिबश सबै वडा र टोलहरु आजभोलि निष्क्रिय छन् । सम्झना टोल विकास संस्था र केही टोल विकास संसथाहरु मात्र सक्रिय छन् । विराटनगरमा विकासको स्तर उकास्ने हो भने टोल विकास संस्थाहरुलाई सक्रिय बनाइनु पर्नेमा कार्कीलगायत सामाजिक अगुवाहरुको जोड छ ।
Comments
अरु समाचार
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
बूढीगण्डकी बाढीः फसेका ३६ जनाको उद्धार, १० सम्पर्कविहीन, ६ पुल र ३५ बढी घरमा क्षति
काठमाडौं । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो । सेनाका अनुसार...
-
सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका...
-
दशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...












