कोशी प्रदेशकै नमुना मानिन्छ ‘सम्झना टोल विकास संस्था’, शनिबार साधारणसभा
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभा यही कार्तिक २२ गते शनिबार आयोजना हुने भएको छ । साधारणसभाले निर्वाचन मार्फत ११ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । योभन्दा अगाडि ९ सदस्यीय कार्यसमिति रहेको थियो । अब बन्ने नयाँ कार्यसमितिमा चारजना पदाधिकारी हुनेछन् भने तीन जना महिला अनिवार्य रहनेछन् । बढीमा ७ जना कार्यसमिति सदस्य चयन हुनेछन् । उद्घाटनसत्र, सम्मान कार्यक्रम, विभिन्न प्रतिवेदन प्रस्तुतीकरण, बन्दसत्र र निर्वाचनमा विजयी भएकाहरुका लागि सपथग्रहण समारोह कार्यक्रमका आकर्षण हुनेछन् ।
साधारणसभाको अवसरमा अहिलेसम्म गरिएका कामहरुको सांगठनिक प्रतिवेदन अध्यक्ष केदार कार्कीबाट प्रस्तुत गरिने छ । यस्तै आगामी दिनमा गरिने कामहरु तथा कार्ययोजनासहित नीति तथा कार्यक्रम समेटिएको सांगठनिक प्रतिवेदन अध्यक्ष कार्कीबाट साधारणसभामा प्रस्तुत हुनेछ । लेखा परीक्षकबाट (अडिट रिर्पोट) सल्लाह–सुझावसहित वासलात, आम्दानी र खर्च विवरण प्रस्तुत गरिने छ । यसैगरी संस्थाका उपाध्यक्षले नयाँ विधान तथा अक्षयकाृेष सञ्चालन गर्नेलगायतको विषय हलमा प्रस्तुत गर्नु हुनेछ । सांगठनिक, नयाँ विधान तथा लेखा परीक्षण सम्बन्धी प्रस्तुत गरिएका प्रवेदनहरुमाथि व्यापक छलफल गरेर हलबाट पारित गर्ने कार्यक्रम छ । त्यसपछि दोस्रो सत्रमा नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइने छ । स्वच्छरुपमा निर्वाचन गरेर कार्यसमिति चयन गर्न तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिको संयोजकमा हरिप्रसाद अधिकारी, सदस्यमा अन्जना पोखरेल र सुर्यप्रसाद पराजुली चयन हुनु भएको छ ।
सम्झना टोल विकास संस्था विराटनगरमा नमुनाका रुपमा स्थापित भएको छ । विराटनगर नगर समन्वय समितिलगायत अधिकांश वडाहरु र टोलविकास संस्थाहरु निष्क्रिय भएका बेला यो टोल विकास संस्थाको नेतृत्व गर्ने अध्यक्ष तथा अन्य पदधिकारी, सदस्यहरु विकास निर्माण तथा सामाजिक काममा सक्रिय रहँदै आएका छन् ।
यसैक्रममा केदार कार्कीको नेतृत्वमा टोलका हरेक विकास निर्माणका कामहरु, टोलमा भएका समस्याहरुको समाधान, टोृललाई सफाइ गर्दै हराभरा बनाउने, सडक पिच गर्ने, ढल निर्माण लगायतमा सक्रियतापुर्वक काम हुँदै आएको छ । पछिल्लो समय यहाँका चोकमा स्लोगन लेखिएका बोर्डहरु राखिएका छन् । सम्झना टोल विकास जन्मिएको जानकी चोक र स्वामी चोकमा स्लोगन सहितको बोर्ड राखिएको छ ।
बोर्डमा लेखिएका स्लोगनहरु:
१) बचत गरौं घरघरमा, विकास गरौं टोलटोलमा
२) सफाइ नै सभ्यता हो, आफ्नो घर अगाडि सधैं सफा राखौं ।
३) सवारीसधान विस्तारै चलाऔं, गन्तव्यमा अवस्य पुगिन्छ ।
४) वृक्षारोपण गरौं, संरक्षणमा ध्यान दिऔं ।
साधारणसभाको अवसरमा नियमित बचत गर्ने ७१ वर्षिय रामकुमार श्रेष्ठ, नियमितरुपमा कर्जाको किस्ता तिर्ने ८२ वर्षिया भगमाया गिरी, विरुवाको नियमित संरक्षणकर्ता ८१ वर्षिय हेमराज बस्नेतलाई नगदसहित सम्मान गर्ने कार्यक्रम छ । उहाँहरुलाई जनही १ हजार १ सय ११ रुपियाँसहित दोसल्ला, प्रमाणपत्रसहित सम्मान गरिनेछ । यसैगरी छिमेकी पृथ्बी टोल अन्तर्गृत सिद्धीमार्ग विकास समितिलाई सडक किनारमा वृक्षारोपण, रंगरोगन बाटो पिच, ढल व्यवस्थापन, सरसफाइमा ध्यान दिएको भन्दै ५ हजार ५ सय ५५ रुपियाँ र सम्मानपत्रसहित सम्मान गरिने भएको छ । यसैगरी टोल विकास संस्थाले गरेका कामहरुको प्रभावकारी समाचार सम्प्रेषण गरेर हौसला प्रदान गरेको भन्दै पत्रकार केशव प्रसाद भट्टराईलाई नगद ११ हजार १ सय ११ रुपियाँ र सम्मानपत्रले सम्मान गरिने टोल विकास संस्थाले सर्वसम्मत निर्णय गरेको छ ।
टोल विकास नमूना बनाउन केदार कार्कीको योगदान
सम्झना टोल विकास संस्थाका अध्यक्ष केदार कार्की र उहाँको समूहको टोलमा विकासको प्रयास, विभिन्न समस्या समाधान, सरसफाइलगायतका काममा विशेष सक्रियता रहेको छ । कार्कीले २०५७ सालदेखि यस टोल विकास संस्थामा निरन्तर अध्यक्षको जिम्मेवारीमा रहेर उदाहरणीय काम गर्दै आउनु भएको छ ।
वास्तवमा विहान उठेदेखि रातिसम्म अध्यक्ष कार्कीको ध्यान टोललाई कसरी राम्रो बनाउनेमा केन्द्रित छ । ‘अब भने म फुर्सद लिने पक्षमा छु’, अध्यक्ष कार्कीले बताउनु भयो । तर टोल विकास संस्थाका प्रतिनिधिहरु भने अझै उहाँको सक्रियता खाँचो भएको बताउँछन् ।
विराटनगर महानगपालिकाको ७० प्रतिशत र ३० प्रतिशत जनताको योगदानमा टोललाई नमुना बनाउन कार्की र उहाँको.समूहको विशेष प्रयास रह्यो । पहिलो चरणमा ग्राभेल र पछिल्लो चरणमा पिचको नीति लिएर अहिले सबै सडक व्यवस्थित भएका छन् । आजभोलि पनि बाटोको मर्मतसम्भार र रंगरोगनका लागि अध्यक्ष कार्की नेतृत्वको ध्यान गएको देखिन्छ । टोलमा आगामी दिनमा गर्नुपर्ने कामका सम्बन्धमा महानगरपालिकामा ध्यानाकर्षण गराइ सकिएको र सो प्रतिवेदनलाई शनिबारको साधारणसभामा पेस गरेर छलफल गर्ने योजना छ । शनिबारको साधारणसभामा व्यापक छलफल गरेपछि निष्कर्षसहितको प्रतिवेदन लिएर विराटनगर महानगरपालिका र ५ नं वडा समितिको कार्यालयमा जाने तयारी गरिएको अध्यक्ष कार्कीले यस सञ्चारमाध्यमलाई जानकारी दिनु भयो ।
कार्कीको सक्रियतामा विराटनगरका सबै वडा र ती वडामा टोल विकास संस्थाहरु गठन भए । उहाँको सक्रयतामा विराटनगरका सबै वडागत टोल विकास संस्था गठन भए । अनि प्रत्येक वडा अन्तर्गत विभिन्न टोल विकास संस्थाहरु गठन भए । विराटनगरका सबै टोलहरुमा सक्रिय भएका कार्कीले पछिल्लो समय लामो समयसम्म पदमा नबस्ने मनसाय बनाउनु भयोृ । सिंगो नगरको सबै वडाहरु र त्यस अन्तर्गतका सबै टोल हाँक्ने जिम्मा अर्कैलाई सुम्पिनु भयो । तर परिस्थितिबश सबै वडा र टोलहरु आजभोलि निष्क्रिय छन् । सम्झना टोल विकास संस्था र केही टोल विकास संसथाहरु मात्र सक्रिय छन् । विराटनगरमा विकासको स्तर उकास्ने हो भने टोल विकास संस्थाहरुलाई सक्रिय बनाइनु पर्नेमा कार्कीलगायत सामाजिक अगुवाहरुको जोड छ ।
Comments
अरु समाचार
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...
-
जलस्रोत तथा ऊर्जा विज्ञ बटु लामिछाने नेपाल उद्योग वाणिज्य महासंघको उर्जा समिति सभापतिमा मनोनीत
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ऊर्जा समिति सभापतिमा जलस्रोत तथा ऊर्जा क्षेत्रका विज्ञ बटु लामिछाने मनोनीत भएका...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...












