ताजा समाचार

ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?

काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा केपी ओलीसंग प्रतिष्पर्धा गर्ने भएका छन् । बिहीबार बसेको एमालेको सचिवालय बैठकमा पोखरेलले आफूलाई सर्वसम्मत अध्यक्ष बनाउन प्रस्ताव राखेका हुन् ।

पोखरेलको प्रस्तावपछि अध्यक्ष ओलीले सकेसम्म मिलेर जान र नभए स्वच्छ प्रतिष्पर्धामा जान भनेका थिए । पोखरेलले आफू अध्यक्षमा अघि बढ्ने तयारीमा जुटिसकेको भन्दै जानकारी गराएका हुन् ।

एमालेले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता होल्डमा राखेको छ । यस्तोमा पोखरेलले भण्डारीलाई सदस्यता दिलाएरै छाड्ने र अन्याय हुन नदिने भन्दै एमालेभित्र आवाज उठाउदै आएका छन् ।

आफ्नो सदस्यता रोकिदिएपछि भण्डारीले पनि पोखरेललाई अघि सार्ने भएकी हुन् । आगामी महाधिवेशनमा पोखेरलको नेतृत्वमा प्यानल नै बन्नेछ । जसकारण अब एमालेमा प्रतिष्पर्धा हुने पक्का भएको हो ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको झन्डै ७ घन्टा लामो बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा संकट सिर्जना भएको दबी गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org