ताजा समाचार

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणाको अध्यक्षता सन्तोष परियारले गर्ने

बाबुराम-जनार्दनले पार्टीको नेतृत्व नगर्ने

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणा सभाको अध्यक्षता सन्तोष परियारले गर्ने भएका छन् ।

राष्ट्रिय सभागृहमा आज दिउँसो साढे १२ बजे एकता घोषणा सभा आयोजना हुँदैछ ।

सो सभाको अध्यक्षता सन्तोष परियारले गर्ने, दुर्गा सोबले कार्यक्रम सञ्चालन गर्ने र सुदन किराँतीले स्वागत मन्तव्य राख्ने गरी कार्यक्रमको खाका तयार पारिएको छ ।

बाबुराम भट्टराईले स्थापना गरेको र हाल दुर्गा सोबले नेतृत्व गरेको जसपा (नयाँशक्ति), जनार्दन शर्माको पहलमा स्थापना गरेको र हाल सुदन किराँतीले नेतृत्व गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी, रास्वपा परित्याग गरेका विघटित प्रतिनिधि सभा सदस्य सन्तोष परियार नेतृत्वको टोलीसँग एकता घोषणा हुन लागेको हो ।

एकतापछिको पार्टीको कार्यकारी भूमिकामा अध्यक्ष परिषद बनाउने तयारी छ ।

प्रगतिशील लोकतान्त्रिक पार्टीले ‘अध्यक्ष परिषद्’ गठन गर्ने भएको छ । ‘अध्यक्ष परिषद्’मा दलित, महिला, आदिवासी जनजाति, मधेशी, पिछडिएको क्षेत्र लगायत सबै क्लष्टरबाट प्रतिनिधित्व हुने गरी अध्यक्ष परिषद गठन गर्ने तयारी गरिएको हो । यही अध्यक्ष परिषदले पार्टीमा कार्यकारी भूमिका खेल्ने नेताहरुले बताएका छन् ।

उसोतः बाबुराम भट्टराई, जनार्दन शर्माले भने पार्टीको नेतृत्व नगर्ने भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org