ताजा समाचार

भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् ।

२०७७ माघ २१ गते अख्तियारको आयुक्त नियुक्त भएका सिलवाल ६५ वर्षे उमेरहदका कारण अवकाशमा गएका हुन् ।

‘भ्रष्टाचार न्यूनिकरणको क्षेत्रमा मेरो यात्रा रोकिने छैन् । अनवरत रुपमा म भ्रष्टाचारको विपक्षमा उभिदै सुशासनको पक्षमा दृढतापूर्वक काम गर्नेछु ।’ बिदाई कार्यक्रममा सिलवालले भने ।

२०४१ साउन १२ गतेदेखि महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा शिक्षण पेशामा प्रवेश गरेका सिलवाल २०६६ साल असोज १ गतेदेखि तत्कालीन पुनरावेदन अदालतको न्यायाधीश बनेका थिए ।

न्यायिक काममा सक्रिय सिलवाल उच्च अदालत पोखराको कायममुकायमको जिम्मेावारी सम्हालिसकेका व्यक्ति हुन भने उनी महाअभियोग लागेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट अख्तियारमा आयुक्त नियुक्त भएका हुन् ।

आयोगले सिलवालले कार्य सम्पादनमा गरेको विषयलाई सम्मान गरेको थियो भन उनले मुद्दाको अभियोजनदेखि न्यायिक इप्रक्रियाको सहजीकरणमा खेलेको भूमिकाको स्मरण समेत गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org