प्रधानमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको महेश बस्नेतको दाबी
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने विषयमा सल्लाह भएको दावी गरेका छन् ।
बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै, ओलीलाई गिरफ्तार गर्ने विषयमा सल्लाह भएको दावी गरेका हुन् ।
उनले लेखेका छन्,
हिजोको पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले पत्रकारहरूलाई भन्नुभयो,“तपाईँहरूले एउटा कुरा सोध्नै भुल्नुभयो: किन हाम्रो अध्यक्ष आयोगमा बयान दिन जानुभएन? म भए जान्थे, उहाँ पनि जानैपर्छ।”
यसबीच अर्को षडयन्त्रको खेल पनि बाहिर आएको छ।२ दिन अगाडि नै पुर्व राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री सुसीला कार्कीबीच भएको भनिएको वार्तामा पनि केपी ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ।हिजै GenZ समूहको नाममा गरिएको बार्ता र सम्झौताको नाटक,हिमेश पन्तलगायतका अराजक सेलिब्रेटीहरूले फैलाएको गलत भ्रम,“केपी ओली गिरफ्तार” भन्ने मिडिया ट्रायलसबै कुरा एउटै दिशातिर संकेत गर्छन्।उनीहरूको उद्देश्य हो:महाधिवेशन भाड्ने, आतंक फैलाउने, सहभागिता घटाउने,र अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने। महाधिवेशनमा चुनाव भएमा सके हराउने नसके भोट घटाउने ।तर उनीहरूले बिर्सिन नहुने कुरा के हो भनेएमाले सबै प्रकारका षड्यन्त्र चिर्न सक्षम छ।पार्टी आफ्नो अडानमा अडिन्छ,अध्यक्षलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनै पनि चाल कदापि सफल हुँदैन।
तिमीहरूका हरेक कर्तुत, योजना र खेल अब पूर्ण रूपमा बुझिसकिएको छ।अब सशक्त प्रतिरोध हुनेछ,र तिमीहरूको सबै खेल नजन्मदै तुहिनेछ।
Comments
अरु समाचार
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











