ताजा समाचार

फेरि सर्‍यो एमाले महाधिवेशनको बन्दसत्रको समय

काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ ।

सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो । त्यसलाई पुन: दिउँसो १ बजेका लागि सारिएको छ ।

भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ ।

केन्द्रीय कमिटीमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने प्रस्तावका कारण बैठक अझैं लम्बिन सक्ने समेत भनिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org