शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी ग्रुपले भ्रमपूर्ण समाचार फैलाएको भन्दै आपत्ति जनाएको छ ।
काठमाडाैं जिल्ला अदालतको हवाला दिदै सिजी मोटर्स र उनीहरु संबद्ध विभिन्न संस्थाहरुले एम्बर मोटर्स प्रा.लिलाई नियोसी ब्राण्डका इलेक्ट्रिक सवारी बिक्री तथा आयातमा रोक लगाएको भन्दै भ्रम सिर्जना गरेपछि एम्बर मोटर्सले कडा आपत्ति जनाएको हो ।
पुस ८ गते जारी भएको जिल्ला अदालत काठमाडाैंको आदेशमा सि.जि. मोटर्स प्रा.लि. र चिनियाँ कम्पनी चोङछिङ कुवायुविरुद्ध (CHONGOING KUAYUE (Group) CO., LTD ) बीच करारको विवादसँग सम्बन्धित रहेको र यहि कारणले नियोसी (NEOSEA) इलेक्ट्रिक भ्यानको आयात र बिक्रीमा कुनै पनि रोकावटको विषय उल्लेख नभएको बताइएको छ ।
‘एम्बर मोटर्स प्रा.लि.ले बिक्रि र अफ्टर सेल्स सेवामा निरन्तर उत्कृष्टता र ध्यान पुर्याउने सुनिश्चित गर्दै, नियोसी इलेक्ट्रिक भ्यानको बिक्री र सेवा कार्यलाई बिना कुनै समस्याका अघि बढाइरहेको छ। यस सन्देशलाई साझा गर्दै सबैलाई बुझ्नका लागि हाम्रो अनुरोध छ।’ विज्ञप्तिमा भनिएको छ ।
यो पनि पढ्नुहोसः केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
उसोतः सिजी मोटर्सले चिनियाँ कम्पनीसंगको सम्झाैतामा नेपाल र चीनको अदालतमा मुद्दा नै नचल्ने सहमति गरेका थिए । त्यो सहमतिअनुसार उनीहरुले सिंगापुरमा विवाद समाधानका निम्ति जानुपर्ने थियो । तर, विनोद चाैधरीले शक्तिको आडमा नेपालमै राइदाईं गर्न खोज्दा समेत उच्च अदालत पाटनले सिजीको विरुद्धमा यसअघि नै आदेश जारी गरिसकेको थियो ।
सम्बन्धित समाचार शीर्षकः विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...












