नदी किनार मापदण्डका मुद्दामा अदालत गम्भीर, छिटो निर्णय चाहन्छौंः विमल पौडेल
काठमाडाैं । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, विमल पौडेल, नदी तथा खोला किनारमा लागू गरिएको मापदण्डसम्बन्धी मुद्दाको छिटो न्याय निरुपण गर्न अदालत गम्भीर रहेको बताएका छन्। पछिल्लो समय सामाजिक सञ्जालमा न्यायपालिका सम्बन्धि आएका नकारात्मक टिकाटिप्पणीहरूको बारेमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन्।
उनले काठमाडौँ उपत्यकाका नदी तथा खोला किनारमा लागू गरिएको मापदण्डको खारेजीको माग गर्दै आन्दोलित रहेको अवस्थामा सर्वोच्च अदालत पनि उक्त मुद्दा छिटो निरुपण गर्न चाहान्छ भन्ने स्पष्ट पारे। उनले भने, “तर कुनै पनि मुद्दा निरुपण गर्न विधि र प्रक्रिया आवश्यक हुन्छ। यो प्रक्रिया अनुसार इजलासबाट न्याय निरुपण हुन्छ।”
सर्वोच्च अदालतले २०८० पुस ३ गते वागमती, विष्णुमती जस्ता मुख्य नदी तथा खोलाका दायाँ-बायाँ २०-२० मिटर क्षेत्र खाली राखेर मात्र संरचना निर्माण गर्न आदेश दिएको थियो। यसअघि, २०६५ मा सरकारले वागमती नदीमा २० मिटर, धोबीखोला नदीमा ९ मिटर र अन्य खोलामा ४-१२ मिटरको मापदण्ड तोकेको थियो।
मुख्य रजिस्ट्रार पौडेलले थप भने, “आजै माइतीघरमा जुलुस हुने भन्ने जानकारी आएको छ। यो २०-२० मिटरको बागमती करिडोरसँग सम्बन्धित विषय हो। यस विषयमा सबै न्यायाधीशज्यूहरु चिन्तित छन्। अदालतबाट यसको न्याय निरुपण छिटो होस् भन्ने हाम्रो चाहना छ।”
उनले सरकार असहज हुने बित्तिकै न्यायपालिकामा मुद्दा बढ्ने गरेको र न्यायपालिकाको गरिमा र इज्जतलाई सबैभन्दा महत्त्वपूर्ण मानिएको उल्लेख गरे।
पछिल्लो समय सामाजिक सञ्जालमा न्यायपालिका सम्बन्धि आएका नकारात्मक टिकाटिप्पणीहरूको बारेमा छलफल भएको छ, जसमा सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। छलफलमा प्रधान न्यायाधीश प्रकाशशमान सिंह राउतसहित अन्य न्यायाधीशहरूको उपस्थिति थियो।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












