नदी किनार मापदण्डका मुद्दामा अदालत गम्भीर, छिटो निर्णय चाहन्छौंः विमल पौडेल
काठमाडाैं । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, विमल पौडेल, नदी तथा खोला किनारमा लागू गरिएको मापदण्डसम्बन्धी मुद्दाको छिटो न्याय निरुपण गर्न अदालत गम्भीर रहेको बताएका छन्। पछिल्लो समय सामाजिक सञ्जालमा न्यायपालिका सम्बन्धि आएका नकारात्मक टिकाटिप्पणीहरूको बारेमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन्।
उनले काठमाडौँ उपत्यकाका नदी तथा खोला किनारमा लागू गरिएको मापदण्डको खारेजीको माग गर्दै आन्दोलित रहेको अवस्थामा सर्वोच्च अदालत पनि उक्त मुद्दा छिटो निरुपण गर्न चाहान्छ भन्ने स्पष्ट पारे। उनले भने, “तर कुनै पनि मुद्दा निरुपण गर्न विधि र प्रक्रिया आवश्यक हुन्छ। यो प्रक्रिया अनुसार इजलासबाट न्याय निरुपण हुन्छ।”
सर्वोच्च अदालतले २०८० पुस ३ गते वागमती, विष्णुमती जस्ता मुख्य नदी तथा खोलाका दायाँ-बायाँ २०-२० मिटर क्षेत्र खाली राखेर मात्र संरचना निर्माण गर्न आदेश दिएको थियो। यसअघि, २०६५ मा सरकारले वागमती नदीमा २० मिटर, धोबीखोला नदीमा ९ मिटर र अन्य खोलामा ४-१२ मिटरको मापदण्ड तोकेको थियो।
मुख्य रजिस्ट्रार पौडेलले थप भने, “आजै माइतीघरमा जुलुस हुने भन्ने जानकारी आएको छ। यो २०-२० मिटरको बागमती करिडोरसँग सम्बन्धित विषय हो। यस विषयमा सबै न्यायाधीशज्यूहरु चिन्तित छन्। अदालतबाट यसको न्याय निरुपण छिटो होस् भन्ने हाम्रो चाहना छ।”
उनले सरकार असहज हुने बित्तिकै न्यायपालिकामा मुद्दा बढ्ने गरेको र न्यायपालिकाको गरिमा र इज्जतलाई सबैभन्दा महत्त्वपूर्ण मानिएको उल्लेख गरे।
पछिल्लो समय सामाजिक सञ्जालमा न्यायपालिका सम्बन्धि आएका नकारात्मक टिकाटिप्पणीहरूको बारेमा छलफल भएको छ, जसमा सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। छलफलमा प्रधान न्यायाधीश प्रकाशशमान सिंह राउतसहित अन्य न्यायाधीशहरूको उपस्थिति थियो।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












