बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।
गोरखा १ मा प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराएपछि उनी बालुवाटार आउजाउ अर्थपूर्ण ढंगले गरेको पाइएको छ । एकाबिहानै ७ बजेर ५० मिनेट जाँदा काठमाडाैं प्रवेश गरेका गुरुङ ११ बजेर २८ मिनेटमा रानीबारीस्थित निवासबाट बाहिरिएका थिए ।
रानीबारीस्थित निवासबाट बालुवाटारमा पुगेपछि गुरुङ ११ बजेर ३५ मिनेटदेखि १२ बजेर २० मिनेटसम्म गोप्प छलफलमा जुटेका थिए । प्रधानमन्त्री सुशीला कार्कीसंग वार्तामा जुटेका गुरुङले के विषयमा कुराकानी गरे भन्ने खुलाइएको छैन् ।
बालुवाटार छलफलपछि गुरुङ आफ्नो निवासमा १२ बजेर ३० मिनेट जाँदा पुगेका थिए । उनी प्रधानमन्त्री कार्कीलाई आमा सम्बोधन गर्ने गरेका छन भने कार्कीले गुरुङलाई जेठो छोरो भन्ने गरेकी छन् ।
आमाछोराबीच बालुवाटारमा आगामी चुनावमा नतिजा कसरी आफ्नो पक्षमा पार्न सकिन्छ र रास्वपाले सरकार निर्माण गर्ने वातावरण कसरी बनाउन सकिन्छ भन्ने रणनीतिमा छलफल भएको बताइन्छ ।
रास्वपाले सरकार निर्माण गरेपछि कार्कीलाई राष्ट्रपति बनाउने गरि नै रास्वपाले कार्ड फालेको कतिपयले दाबी गर्ने गरेका छन् । अहिले जसरी नै पेलपाल गर्दै पदमा पुग्ने रणनीति अनुसार काम अघि बढेको स्रोतको दाबी छ ।
गुरुङले निर्वाचन आचारसंहिता लागू भइसकेपछि नागरिक सरकार प्रमुखलाई भेटेर के कुरा गरे ? किन उनी बालुवाटार धाइरहन्छन् ? यस्ता प्रश्नको जवाफ खोज्ने काम भने शुरु भएको छ ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











