ताजा समाचार

बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।

गोरखा १ मा प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराएपछि उनी बालुवाटार आउजाउ अर्थपूर्ण ढंगले गरेको पाइएको छ । एकाबिहानै ७ बजेर ५० मिनेट जाँदा काठमाडाैं प्रवेश गरेका गुरुङ ११ बजेर २८ मिनेटमा रानीबारीस्थित निवासबाट बाहिरिएका थिए ।

रानीबारीस्थित निवासबाट बालुवाटारमा पुगेपछि गुरुङ ११ बजेर ३५ मिनेटदेखि १२ बजेर २० मिनेटसम्म गोप्प छलफलमा जुटेका थिए । प्रधानमन्त्री सुशीला कार्कीसंग वार्तामा जुटेका गुरुङले के विषयमा कुराकानी गरे भन्ने खुलाइएको छैन् ।

बालुवाटार छलफलपछि गुरुङ आफ्नो निवासमा १२ बजेर ३० मिनेट जाँदा पुगेका थिए । उनी प्रधानमन्त्री कार्कीलाई आमा सम्बोधन गर्ने गरेका छन भने कार्कीले गुरुङलाई जेठो छोरो भन्ने गरेकी छन् ।

आमाछोराबीच बालुवाटारमा आगामी चुनावमा नतिजा कसरी आफ्नो पक्षमा पार्न सकिन्छ र रास्वपाले सरकार निर्माण गर्ने वातावरण कसरी बनाउन सकिन्छ भन्ने रणनीतिमा छलफल भएको बताइन्छ ।

रास्वपाले सरकार निर्माण गरेपछि कार्कीलाई राष्ट्रपति बनाउने गरि नै रास्वपाले कार्ड फालेको कतिपयले दाबी गर्ने गरेका छन् । अहिले जसरी नै पेलपाल गर्दै पदमा पुग्ने रणनीति अनुसार काम अघि बढेको स्रोतको दाबी छ ।

गुरुङले निर्वाचन आचारसंहिता लागू भइसकेपछि नागरिक सरकार प्रमुखलाई भेटेर के कुरा गरे ? किन उनी बालुवाटार धाइरहन्छन् ? यस्ता प्रश्नको जवाफ खोज्ने काम भने शुरु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org