ताजा समाचार

उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भाग तथा बाँकी प्रदेशको हिमाली भागमा बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा छिटपुट वर्षासमेत भएको छ ।

आज पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भागका थोरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पहाडी र हिमाली भागको एक/दुई ठाउँमा छिटपुट वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराईका थोरै ठाँउमा बिहानको समयमा हुस्सु लागे पनि मौसम सफा रहने अनुमान छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org