लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको छ। कार्यक्रम सुन्दरहरैचास्थित गोदावरी रिसोर्टमा बुधबार (२०८२ साल फागुन १३ गते) भव्य रूपमा सम्पन्न भएको हो ।
कार्यक्रममा निर्वाचित अध्यक्ष हेमन्त भट्टराईसहित पदाधिकारीहरूले पदभार ग्रहण गरेका थिए । पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रममा प्रथम उपाध्यक्ष अनिल श्रेष्ठ, द्वितीय उपाध्यक्ष कृष्ण कटुवाल, सचिव रोजिना थापा, कोषाध्यक्ष मातृका दाहाल लगायत सदस्यहरुले पदभार ग्रहण गरे ।
कार्यक्रमको अवसरमा पत्रकारिता मार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै हसिना मिडिया प्रालिद्वारा सञ्चालित सुन्दरहरैेचा अपडेटका प्रबन्ध निर्देशक शिव भट्टराई भोजपुरेलाई सम्मानपत्र र नगदसहित विशेष सम्मान गरिएको थियो । स्थानीय तहमा सामाजिक सचेतना, सूचना प्रवाह र सकारात्मक अभियानलाई निरन्तर सहयोग पुर्याएको भन्दै लायन्स क्लबले पत्रकार भोजपुरेको पत्रकारिता यात्राको प्रशंसा गरेको थियो।
कार्यक्रममा हेमन्त भट्टराईले औपचारिक रूपमा लायन्स क्लब अध्यक्षको पदभार ग्रहण गर्दै स्वास्थ्य शिविर, शैक्षिक सहयोग, वातावरण संरक्षण तथा विभिन्न सामाजिक सेवामूलक कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने योजना सार्वजनिक गर्नुभयो। आफूले कार्यकाल सम्हाली रहेका बेला कोही गरिबदुःखी वा वेवारिसे मानिसहरुको स्वर्गारोहण भएमा कात्रोका साथै ५० जनासम्म मलामीका लागि पानी र खाजाको व्यवस्था मिलाउने अध्यक्ष भट्टराईले प्रतिबद्धता जनाउनुभयो । यो सेवा लाइन्स डिस्ट्रिक ३२५ सी भरिका पीडितलाई दिने भट्टराईको योजना छ । लाइन्स डिस्ट्रिक ३२५ सी मा कोशी प्रदेशका लगभग ९ वटा जिल्लाहरु पर्दछन् ।
पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर बबरजंग थापाले नयाँ कार्यसमितिलाई बधाई दिँदै लायन्स अभियानलाई गाउँ–समुदायसम्म विस्तार गर्न आग्रह गर्नुभयो । निवर्तमान अध्यक्ष कमल दाहालले सहयोगी सबैप्रति आभार व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफलताको शुभकामना दिनुभयो। कार्यक्रमको अवसरमा लायन्स क्लबमा प्रवेश गर्ने १० जनाभन्दा बढी नव आगन्तुकहरुलाई ब्याच वितरण गरिएको थियो । कार्यक्रममा लायन्सका पदाधिकारी, सदस्य,जनप्रतिनिधि,समाजसेवी तथा स्थानीय बासिन्दाहरूको उत्साहजनक उपस्थिति थियो।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












