लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको छ। कार्यक्रम सुन्दरहरैचास्थित गोदावरी रिसोर्टमा बुधबार (२०८२ साल फागुन १३ गते) भव्य रूपमा सम्पन्न भएको हो ।
कार्यक्रममा निर्वाचित अध्यक्ष हेमन्त भट्टराईसहित पदाधिकारीहरूले पदभार ग्रहण गरेका थिए । पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रममा प्रथम उपाध्यक्ष अनिल श्रेष्ठ, द्वितीय उपाध्यक्ष कृष्ण कटुवाल, सचिव रोजिना थापा, कोषाध्यक्ष मातृका दाहाल लगायत सदस्यहरुले पदभार ग्रहण गरे ।
कार्यक्रमको अवसरमा पत्रकारिता मार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै हसिना मिडिया प्रालिद्वारा सञ्चालित सुन्दरहरैेचा अपडेटका प्रबन्ध निर्देशक शिव भट्टराई भोजपुरेलाई सम्मानपत्र र नगदसहित विशेष सम्मान गरिएको थियो । स्थानीय तहमा सामाजिक सचेतना, सूचना प्रवाह र सकारात्मक अभियानलाई निरन्तर सहयोग पुर्याएको भन्दै लायन्स क्लबले पत्रकार भोजपुरेको पत्रकारिता यात्राको प्रशंसा गरेको थियो।
कार्यक्रममा हेमन्त भट्टराईले औपचारिक रूपमा लायन्स क्लब अध्यक्षको पदभार ग्रहण गर्दै स्वास्थ्य शिविर, शैक्षिक सहयोग, वातावरण संरक्षण तथा विभिन्न सामाजिक सेवामूलक कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने योजना सार्वजनिक गर्नुभयो। आफूले कार्यकाल सम्हाली रहेका बेला कोही गरिबदुःखी वा वेवारिसे मानिसहरुको स्वर्गारोहण भएमा कात्रोका साथै ५० जनासम्म मलामीका लागि पानी र खाजाको व्यवस्था मिलाउने अध्यक्ष भट्टराईले प्रतिबद्धता जनाउनुभयो । यो सेवा लाइन्स डिस्ट्रिक ३२५ सी भरिका पीडितलाई दिने भट्टराईको योजना छ । लाइन्स डिस्ट्रिक ३२५ सी मा कोशी प्रदेशका लगभग ९ वटा जिल्लाहरु पर्दछन् ।
पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर बबरजंग थापाले नयाँ कार्यसमितिलाई बधाई दिँदै लायन्स अभियानलाई गाउँ–समुदायसम्म विस्तार गर्न आग्रह गर्नुभयो । निवर्तमान अध्यक्ष कमल दाहालले सहयोगी सबैप्रति आभार व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफलताको शुभकामना दिनुभयो। कार्यक्रमको अवसरमा लायन्स क्लबमा प्रवेश गर्ने १० जनाभन्दा बढी नव आगन्तुकहरुलाई ब्याच वितरण गरिएको थियो । कार्यक्रममा लायन्सका पदाधिकारी, सदस्य,जनप्रतिनिधि,समाजसेवी तथा स्थानीय बासिन्दाहरूको उत्साहजनक उपस्थिति थियो।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...












