वालेन्द्रको अटेरीमा रास्वपाका दुई शब्दः परिवर्तन र क्रमभंगता, कहिलेसम्म टिक्ला यस्तो चर्तिकला ?
काठमाडौं । अघिल्लो संसद्मा प्रधानमन्त्री उपस्थित नभएको विषयलाई लिएर संसद अवरुद्ध पार्ने प्रमुख दलमध्ये एक थियो राष्ट्रिय स्वतन्त्र पार्टी। तत्कालीन समयमा रास्वपाले प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने माग गर्दै रोष्ट्रम घेराउदेखि भुइँमै बसेर विरोध जनाउनेसम्मका गतिविधि गरेको थियो।
तर अहिले परिस्थिति उल्टिएको छ। झण्डै दुई तिहाइ समर्थन नजिकको सरकारको नेतृत्व गरिरहेको रास्वपाले आफ्नै विगतको अडानविपरीत व्यवहार गरिरहेको भन्दै संसद र राजनीतिक वृत्तमा प्रश्न उठ्न थालेको छ। रास्वपा संसदीय दलका नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहले सरकार गठनपछि अहिलेसम्म संसदलाई औपचारिक सम्बोधन गरेका छैनन्।
प्रधानमन्त्री शाह सार्वजनिक कार्यक्रममा पनि नदेखिएका शाहको शैलीले रास्वपाकै सांसदहरु रनभुल्लमा परेको बताउन थालिएको छ। हालै नेपाली सेनाको कार्यक्रममा सम्बोधन गरेका उनी सिंहदरबारमै उपस्थित भए पनि संसद भवन पुगेर सांसदहरूलाई सम्बोधन गर्न भने तयार नभएको टिप्पणी भइरहेको छ। सिंहदरबार परिसरभित्रै करिब दुई सय मिटर दूरीमा रहेको संसद भवनमा प्रधानमन्त्री नपुगेको विषय अहिले प्रमुख राजनीतिक बहसको विषय बनेको छ।
यस विषयमा रास्वपाले भने ‘परम्पराको क्रमभंगता’ भन्दै बचाउ गर्ने प्रयास गरेको छ। पार्टीका केही नेताहरूले पुराना अभ्यासभन्दा फरक शैली स्थापित गर्न खोजिएको तर्क गरिरहेका छन्। तर संविधान र संसदीय अभ्यासका जानकारहरूले भने प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने संवैधानिक मान्यतासँग यो व्यवहार मेल नखाने बताएका छन्। आफूले गरेका काममा प्रश्न उठ्न वित्तिकै परिवर्तनका लागि भन्ने गरेको रास्वपाले आफ्ना असंवैधानिक देखिने कदमको वचाउ गर्ने अस्त्रमा क्रम भंगता र परिवर्तन भन्ने शब्दलाई उपयोग भने मज्जाले गरिरहेको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङले समेत प्रधानमन्त्री संसदमा उपस्थित नहुनुलाई अस्वाभाविक भएको टिप्पणी गरेका थिए। उनले जनताले प्रत्यक्ष रूपमा सरकारको धारणा संसदमार्फत सुन्न पाउनुपर्ने भन्दै प्रधानमन्त्रीको अनुपस्थितिमाथि प्रश्न उठाए।
यस्तै स्वतन्त्र सांसद महावीर पुनले प्रधानमन्त्री संसदमा नआएको विषयलाई अन्तर्राष्ट्रिय स्तरमै लज्जास्पद बन्न सक्ने चेतावनी दिए। उनले संसदमा बोल्दै “यो कुरा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले थाहा पाए देशकै लागि लाजको विषय हुन्छ” भन्ने आशय व्यक्त गरेका थिए।
विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संस्कृत श्लोकमार्फत व्यङ्ग्य गर्दै सरकारको शैलीमाथि कटाक्ष गरेका थिए। उनले सत्ता पक्षले लोकतान्त्रिक मूल्यभन्दा प्रदर्शनमुखी राजनीति गरिरहेको संकेत गर्दै प्रधानमन्त्री संसदबाट टाढा रहनुलाई संसदीय परम्पराको अवमूल्यनका रूपमा व्याख्या गरेका हुन्।
बुधबार र शुक्रबार बसेका संसद बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर लगातार विरोध जनाएका छन्। यद्यपि सार्वजनिक रूपमा पार्टी बचाउमा उत्रिए पनि रास्वपाभित्रै प्रधानमन्त्री शाहको कदमबारे असन्तुष्टि बढ्न थालेको स्रोतहरूको दाबी छ। केही नेताहरूले आन्तरिक छलफलमा ‘विपक्षमा हुँदा उठाएको नैतिक प्रश्न अहिले आफ्नै सरकारमाथि लागू हुनुपर्ने’ धारणा राख्न थालेको बताइएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपाले विगतमा उठाएको संसदीय उत्तरदायित्वको मुद्दा अहिले आफ्नै व्यवहारसँग ठोक्किन पुगेको छ। विपक्षमा हुँदा स्थापित गरेको राजनीतिक मानक सत्ता पुगेपछि कायम राख्न नसक्दा रास्वपामाथि दोहोरो मापदण्ड अपनाएको आरोप समेत लाग्न थालेको छ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
नेपालमा नयाँ प्रकारका ड्रग्सको प्रयोग बढ्दो, १९–४५ उमेर समूह जोखिममा
काठमाडौँ। नेपालमा लागुऔषधको दुर्व्यसन र कारोबार जटिल बन्दै गएको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोले सीमित स्रोतसाधनका बाबजुद आफ्नो सक्रियता बढाएको छ।...
-
२५ अर्बको दाबी सहित दीपक भट्टविरुद्ध मुद्दा दर्ता आज, अब दीपक तिमिल्सिनाको पालो कहिले?
काठमाडौं । लामो समयदेखि राजनीतिक तथा व्यावसायिक वृत्तमा प्रभावशाली ‘फिक्सर’ र बिचौलियाका रूपमा चिनिएका व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान...
-
नेपाल प्रहरीका ५०९ प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा भएको छ । एकैपटक ठूलोमा संख्यामा सरुवा गरिएको हो । यही...












