रविलाई छाड्ने न्यायाधीश वासुदेव आचार्य काज भन्दै सर्वोच्च पुगे, वरियता मिच्ने रास्वपाको न्यायाधीश राडारमा के छ?
काठमाडौं । उच्च अदालत तुलसीपुर वुटवल इजलासका कामु न्यायाधीश वासुदेव आचार्य सर्वोच्च अदालतमा काजमा खटिएका छन्। उनी उच्च अदालत बुटवलमा कामु मुख्य न्यायाधीशका रूपमा कार्यरत छन्।
आचार्य यसअघि चर्चित सहकारी ठगी प्रकरणमा रवि लामिछाने लाई थुनामुक्त गर्ने आदेश दिने संयुक्त इजलासको नेतृत्व गरेका थिए। गएको पुस ३ गते आचार्य र अर्का न्यायाधीश तेजनारायण पौडेलको संयुक्त इजलासले रविलाई थुनामुक्त गर्न आदेश दिएको थियो।
रवि पुसमा थुनामुक्त हुने आदेशसंगै रास्वपामा वालेन्द्र शाहसहितका नेताहरुलाई भित्र्याउन सक्रिय बनेका हुन्। रवि जेलमै रहेको भएमा सम्भवत रास्वपा अहिलेको स्थितिमा हुनसक्ने विषयमा समेत प्रश्न उब्जिने गरेको छ।
न्यायिक वृत्तमा आचार्यलाई सर्वोच्च अदालतमा काजमा ल्याइनु चासोका साथ हेरिएको छ। बिरामी भन्दै काजमा ल्याइएको बताइए पनि उनले आफू अब सर्वोच्च अदालतको न्यायाधीश बन्ने भन्दै वुटवलबाट बाहिरिएको स्रोतको दाबी छ।
वि.सं. २०२२ जेठ २५ गते जन्मिएका आचार्य २०७३ पुस २९ गते उच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। हाल उच्च अदालतका न्यायाधीशहरूमध्ये उनी १७औँ वरियतामा छन्। उनीभन्दा माथि पाँच जना मुख्यन्यायाधीश रहेका छन्।
न्यायपालिका भित्र पछिल्लो समय नियुक्ति, वरियता र क्षमताको आधारमा हुने निर्णयबारे विभिन्न बहस चलिरहेका बेला आचार्यको सर्वोच्च अदालत प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ। रास्वपाले भर्खरमात्रै सर्वोच्चको प्रधानन्यायाधीश सिफारिसमा वरियता मिच्दै क्षमताको आधारमा अघि बढ्न थालिएको झूठो जिकिर गरेको खुलासा भइसकेको छ।
चर्चित ८० भाई मध्येका उनी पनि हुन्। नियुक्ति अघि उनी नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोशियसनमा आबद्ध थिए।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...












