रविलाई छाड्ने न्यायाधीश वासुदेव आचार्य काज भन्दै सर्वोच्च पुगे, वरियता मिच्ने रास्वपाको न्यायाधीश राडारमा के छ?
काठमाडौं । उच्च अदालत तुलसीपुर वुटवल इजलासका कामु न्यायाधीश वासुदेव आचार्य सर्वोच्च अदालतमा काजमा खटिएका छन्। उनी उच्च अदालत बुटवलमा कामु मुख्य न्यायाधीशका रूपमा कार्यरत छन्।
आचार्य यसअघि चर्चित सहकारी ठगी प्रकरणमा रवि लामिछाने लाई थुनामुक्त गर्ने आदेश दिने संयुक्त इजलासको नेतृत्व गरेका थिए। गएको पुस ३ गते आचार्य र अर्का न्यायाधीश तेजनारायण पौडेलको संयुक्त इजलासले रविलाई थुनामुक्त गर्न आदेश दिएको थियो।
रवि पुसमा थुनामुक्त हुने आदेशसंगै रास्वपामा वालेन्द्र शाहसहितका नेताहरुलाई भित्र्याउन सक्रिय बनेका हुन्। रवि जेलमै रहेको भएमा सम्भवत रास्वपा अहिलेको स्थितिमा हुनसक्ने विषयमा समेत प्रश्न उब्जिने गरेको छ।
न्यायिक वृत्तमा आचार्यलाई सर्वोच्च अदालतमा काजमा ल्याइनु चासोका साथ हेरिएको छ। बिरामी भन्दै काजमा ल्याइएको बताइए पनि उनले आफू अब सर्वोच्च अदालतको न्यायाधीश बन्ने भन्दै वुटवलबाट बाहिरिएको स्रोतको दाबी छ।
वि.सं. २०२२ जेठ २५ गते जन्मिएका आचार्य २०७३ पुस २९ गते उच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। हाल उच्च अदालतका न्यायाधीशहरूमध्ये उनी १७औँ वरियतामा छन्। उनीभन्दा माथि पाँच जना मुख्यन्यायाधीश रहेका छन्।
न्यायपालिका भित्र पछिल्लो समय नियुक्ति, वरियता र क्षमताको आधारमा हुने निर्णयबारे विभिन्न बहस चलिरहेका बेला आचार्यको सर्वोच्च अदालत प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ। रास्वपाले भर्खरमात्रै सर्वोच्चको प्रधानन्यायाधीश सिफारिसमा वरियता मिच्दै क्षमताको आधारमा अघि बढ्न थालिएको झूठो जिकिर गरेको खुलासा भइसकेको छ।
चर्चित ८० भाई मध्येका उनी पनि हुन्। नियुक्ति अघि उनी नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोशियसनमा आबद्ध थिए।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












