मनोज श्रीमानको अनुमोदनमा रोचकता, एकैदिनमा सबै काम फत्तेः शंका र प्रश्न अनित्तरित !
काठमाडाैं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्मालाई प्रधानन्यायाधीश पदका लागि सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। समितिले मंगलबार उनको सुनुवाइ प्रक्रिया सम्पन्न गर्दै अनुमोदन निर्णय गरेको हो।
शर्माको सुनुवाइ प्रक्रिया एकैदिनमै टुंगिएको छ। प्रस्तावित प्रधानन्यायाधीशमाथि परेको उजुरी, प्रश्नोत्तर र समितिको निर्णयसमेत एउटै दिन सम्पन्न भएको यो प्रक्रिया नेपालको न्यायिक इतिहासमै सबैभन्दा छोटो सुनुवाइमध्ये एक मानिएको छ। भने यस्तो किसिमको हतारोलाई न्यायिक विग्रहको रुपमा समेत ब्याख्या गरिएको छ।
सुनुवाइका क्रममा समितिका सदस्यहरूले उनीमाथि उठेका विभिन्न सार्वजनिक प्रश्न र आरोपबारे जिज्ञासा राखेका थिए। पीएचडी उपाधिको विषयदेखि न्यायिक निर्णय, आचरण र सार्वजनिक रूपमा उठाइएका आरोपबारे प्रश्न गरिए पनि शर्माले धेरैजसो विषयमा आफू बोल्न उचित नहुने बताएका थिए।
उनले आफ्नो पीएचडी उपाधिबारे उठेका प्रश्नमा ‘बाहिर धारणा बनाउनेहरूले बनाएको विषय’ भन्दै टिप्पणी गरेका थिए। यस्तै, पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा का भाइसँग मिलेर ७० लाख रुपैयाँ बुझेको भन्ने आरोपबारे पनि उनले स्पष्ट प्रतिक्रिया दिन अस्वीकार गरेका थिए।
यद्यपि, समितिले उनीविरुद्ध परेका उजुरी र उठेका प्रश्न पर्याप्त रूपमा छलफल नगरी हतारमा अनुमोदन गरेको भन्दै केही कानुनविद् तथा राजनीतिक वृत्तमा प्रश्न उठ्न थालेको छ। न्यायपालिकाको स्वतन्त्रता, पारदर्शिता र संसदीय सुनुवाइको प्रभावकारितामाथि समेत बहस सुरु भएको छ।
कतिपयले यो प्रक्रियाले न्यायालयलाई थप गतिशील बनाउने अपेक्षा गरेका छन् भने अर्कोतर्फ आलोचकहरूले न्यायपालिका कार्यकारीको प्रभावमा जाने जोखिम बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












