मनोज श्रीमानको अनुमोदनमा रोचकता, एकैदिनमा सबै काम फत्तेः शंका र प्रश्न अनित्तरित !
काठमाडाैं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्मालाई प्रधानन्यायाधीश पदका लागि सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। समितिले मंगलबार उनको सुनुवाइ प्रक्रिया सम्पन्न गर्दै अनुमोदन निर्णय गरेको हो।
शर्माको सुनुवाइ प्रक्रिया एकैदिनमै टुंगिएको छ। प्रस्तावित प्रधानन्यायाधीशमाथि परेको उजुरी, प्रश्नोत्तर र समितिको निर्णयसमेत एउटै दिन सम्पन्न भएको यो प्रक्रिया नेपालको न्यायिक इतिहासमै सबैभन्दा छोटो सुनुवाइमध्ये एक मानिएको छ। भने यस्तो किसिमको हतारोलाई न्यायिक विग्रहको रुपमा समेत ब्याख्या गरिएको छ।
सुनुवाइका क्रममा समितिका सदस्यहरूले उनीमाथि उठेका विभिन्न सार्वजनिक प्रश्न र आरोपबारे जिज्ञासा राखेका थिए। पीएचडी उपाधिको विषयदेखि न्यायिक निर्णय, आचरण र सार्वजनिक रूपमा उठाइएका आरोपबारे प्रश्न गरिए पनि शर्माले धेरैजसो विषयमा आफू बोल्न उचित नहुने बताएका थिए।
उनले आफ्नो पीएचडी उपाधिबारे उठेका प्रश्नमा ‘बाहिर धारणा बनाउनेहरूले बनाएको विषय’ भन्दै टिप्पणी गरेका थिए। यस्तै, पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा का भाइसँग मिलेर ७० लाख रुपैयाँ बुझेको भन्ने आरोपबारे पनि उनले स्पष्ट प्रतिक्रिया दिन अस्वीकार गरेका थिए।
यद्यपि, समितिले उनीविरुद्ध परेका उजुरी र उठेका प्रश्न पर्याप्त रूपमा छलफल नगरी हतारमा अनुमोदन गरेको भन्दै केही कानुनविद् तथा राजनीतिक वृत्तमा प्रश्न उठ्न थालेको छ। न्यायपालिकाको स्वतन्त्रता, पारदर्शिता र संसदीय सुनुवाइको प्रभावकारितामाथि समेत बहस सुरु भएको छ।
कतिपयले यो प्रक्रियाले न्यायालयलाई थप गतिशील बनाउने अपेक्षा गरेका छन् भने अर्कोतर्फ आलोचकहरूले न्यायपालिका कार्यकारीको प्रभावमा जाने जोखिम बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












