ताजा समाचार

देशभर नयाँ सार्वजनिक सवारी दर्तामा रोक

काठमाडौं । सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय गरेको छ ।

यातायात व्यवस्थापन विभागको सिफारिसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हाललाई नयाँ सार्वजनिक सवारी दर्ता नगर्ने निर्णय गरेको हो ।

सार्वजनिक सवारीको संख्या अत्यधिक बढ्दै गएको, सडक पूर्वाधारको क्षमता सीमित रहेको तथा यातायात व्यवस्थापनमा समस्या देखिएको भन्दै यस्तो निर्णय गरिएको जनाइएको छ । निर्णयअनुसार बस, माइक्रोबस, ट्याक्सीलगायत सार्वजनिक प्रयोजनका नयाँ सवारी साधन दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ ।

सरकारले सार्वजनिक यातायात क्षेत्रको दीर्घकालीन व्यवस्थापन, रुट अनुमति, सवारी चाप तथा प्रदूषण नियन्त्रणलाई ध्यानमा राखेर नयाँ नीति तयार पार्ने तयारी गरेको बताइएको छ ।

सवारी दर्ता रोक्का ईभीका सार्वजनिक सवारी साधनको हकमा समेत लागू हुनेछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org