कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।
अदालतको आदेशलाई रवि पक्षले ‘न्यायको जीत’ र ‘राजनीतिक प्रतिशोधमाथिको झड्का’ का रूपमा व्याख्या गरेका छन्। कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेले यस्तो आदेश गरेका हुन्।
अदालतले अभियोजन पक्षले अघि सारेका केही कानुनी आधार र अभियोगसम्बन्धी व्यवस्थामाथि पुनर्विचार आवश्यक रहेको ठहर गर्दै मुद्दा संशोधन गर्न आदेश दिएको हो। यस आदेशसँगै रवि लामिछानेमाथि लगाइएका सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी अभियोगको औचित्यमाथि समेत प्रश्न उठ्न थालेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्रोतहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला तत्कालीन महान्यायाधीवक्ता रमेश बडालमार्फत राजनीतिक उद्देश्यका साथ मुद्दा थपिएको आरोप लगाएका छन्। उनीहरूको दाबी अनुसार रवि लामिछानेको सांसद पद निलम्बन गराउने नियतले संगठित अपराध र सम्पत्ति शुद्धिकरणजस्ता गम्भीर अभियोग जोडिएको थियो।
अदालतको पछिल्लो आदेशपछि रास्वपाभित्र उत्साह थपिएको छ। पार्टी नेताहरूले यसलाई ‘राजनीतिक दबाबविरुद्ध न्यायपालिकाको सशक्त सन्देश’ भन्दै अब रवि लामिछाने थप सक्रिय रूपमा पार्टी नेतृत्वमा केन्द्रित हुने बताएका छन्।
कास्की जिल्ला अदालतको आदेशले अब मुद्दाको कानुनी प्रकृति फेरिन सक्ने सम्भावना बढेको छ भने यस घटनाले नेपाली राजनीतिमा न्यायिक निष्पक्षता, राजनीतिक हस्तक्षेप र अभियोजन प्रक्रियामाथिको बहसलाई फेरि एकपटक सतहमा ल्याएको छ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












