कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।
अदालतको आदेशलाई रवि पक्षले ‘न्यायको जीत’ र ‘राजनीतिक प्रतिशोधमाथिको झड्का’ का रूपमा व्याख्या गरेका छन्। कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेले यस्तो आदेश गरेका हुन्।
अदालतले अभियोजन पक्षले अघि सारेका केही कानुनी आधार र अभियोगसम्बन्धी व्यवस्थामाथि पुनर्विचार आवश्यक रहेको ठहर गर्दै मुद्दा संशोधन गर्न आदेश दिएको हो। यस आदेशसँगै रवि लामिछानेमाथि लगाइएका सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी अभियोगको औचित्यमाथि समेत प्रश्न उठ्न थालेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्रोतहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला तत्कालीन महान्यायाधीवक्ता रमेश बडालमार्फत राजनीतिक उद्देश्यका साथ मुद्दा थपिएको आरोप लगाएका छन्। उनीहरूको दाबी अनुसार रवि लामिछानेको सांसद पद निलम्बन गराउने नियतले संगठित अपराध र सम्पत्ति शुद्धिकरणजस्ता गम्भीर अभियोग जोडिएको थियो।
अदालतको पछिल्लो आदेशपछि रास्वपाभित्र उत्साह थपिएको छ। पार्टी नेताहरूले यसलाई ‘राजनीतिक दबाबविरुद्ध न्यायपालिकाको सशक्त सन्देश’ भन्दै अब रवि लामिछाने थप सक्रिय रूपमा पार्टी नेतृत्वमा केन्द्रित हुने बताएका छन्।
कास्की जिल्ला अदालतको आदेशले अब मुद्दाको कानुनी प्रकृति फेरिन सक्ने सम्भावना बढेको छ भने यस घटनाले नेपाली राजनीतिमा न्यायिक निष्पक्षता, राजनीतिक हस्तक्षेप र अभियोजन प्रक्रियामाथिको बहसलाई फेरि एकपटक सतहमा ल्याएको छ।
Comments
अरु समाचार
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
गोपनीयता चुहाउनेलाई कुनै उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई गरिएको निलम्बनको प्रसङ्गलाई लिएर राज्यको गोप्य...
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...













