ताजा समाचार

एआईजी ईश्वर कार्कीद्वारा ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारी पुरस्कृत

काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन उल्लेखनीय योगदान पुर्‍याएको भन्दै एसएसपी नवराज अधिकारी विशेष सम्मानद्वारा पुरस्कृत हुनुभएको छ । काठमाडौँ उपत्यका कार्यालय प्रमुख एआईजी ईश्वर कार्कीले उपत्यकाको ट्राफिक व्यवस्थापन, सडक दुर्घटना न्यूनीकरण र प्रभावकारी चेकजाँच अभियानमा उत्कृष्ट नेतृत्व प्रदान गरेको भन्दै पुरस्कार प्रदान गर्नुभएको छ ।

एसएसपी अधिकारीले सडक सुरक्षालाई चुस्त बनाउन उनी स्वयं सडकमा खटिएर ट्राफिक व्यवस्थापनमा सुधार ल्याएका छन् । ट्राफिक प्रहरीको काम-कारबाहीलाई थप प्रभावकारी, अनुशासित र जनउत्तरदायी बनाउन उहाँले खेलेको महत्वपूर्ण भूमिकाका लागि उनलाई विभिन्न निकायबाट समेत पुरस्कृत गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org