सपनामाथि मनोजको प्रतिशोध बारले रोकेपछि….
काठमाडाैं । न्याय परिषद्को सदस्यबाट समेत प्रतिशोध साँध्न प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले चालेको कदममा ब्रेक लागेको छ।
न्याय परिषद्मा प्रधानन्यायाधीश, कानूनमन्त्री, सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश र अन्य दुई सदस्य रहने प्रावधान छ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीशमा डा. शर्माको आगमन भएपछि वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई परिषद् सदस्यबाट हटाइएको थियो। तर, नेपाल बारले सर्वोच्चको कदमप्रति आपत्ति जनाउदै कडा आन्दोलनको चेतावनी दिएपछि अन्ततः शर्माले मल्लको नाम समावेश गर्न लगाएको स्रोतको दाबी छ।
न्याय परिषद्ले न्यायाधीश नियुक्तिदेखि सरुवा बढुवासहित कारबाही समेत गर्ने भएकाले शक्तिशाली मानिन्छ। सर्वोच्चको प्रधानन्यायाधीश नियुक्तिमा देखिएको माथापच्चीका कारण पनि शर्माले प्रतिशोध साँध्ने काममा नजर लगाउन थालेको बताइन्छ।
शर्मा प्रधानन्यायाधीश बनेर आएपछि नै मल्लले २० दिनको बिदा लिएर बसेकी छन्। उनले आफू निकटस्थसंग विभिन्न विषयमा परामर्श गरिरहेको र आगामी कदमबारे छलफल गरिरहेको बताइन्छ। मल्ल काबिल र क्षमतावान अन्तराष्ट्रिय छवी भएको न्यायाधीशमा पर्छिन भने उनका धेरै नजिरहरु ऐतिहासिक समेत छन्।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












