गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ।
प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको छिटो मुद्दा टुंगिने अपेक्षा गरिएपनि गोर्खा ब्रुअरीको कर छली मुद्दा भने स्थगितमा परेको हो।
देशका विभिन्न अदालतमा मुद्दा खेपिरहेको गोर्खा ब्रुअरीको कर छली मुद्दा राजस्व न्यायाधीकरण हुँदै अदालत प्रवेश गरेको हो। गोर्खा ब्रुअरीले ३०/३२ करोडको कर छली गरेको बतान्छ। २०८१ असार ५ गते दर्ता भएको कर छलीको मुद्दामा विभिन्न कारण अहिलेसम्म पेण्डिङमा पर्न सफल भएको देखिन्छ।
सर्वोच्च अदालतमा पनि गएको साउन १२ गते र चैत्र २३ गते पेशीमा चढेपनि हेर्न नभ्याइने सूचीमा परेको देखिन्छ। त्यसपछि आजका लागि तोकिएको पेशी पनि ९८ नम्बरमा स्थगितमा हालिएको हो।
गोर्खा ब्रुअरीले कसरी कर छली जस्तो गम्भीर मुद्दामा पनि उन्मुक्तिको बाटो सहजै भेट्टाएको छ भन्ने विषय चासोमा देखिन्छ। यस्तै, गोर्खा ब्रुअरीको मुद्दा हेर्दा उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्तीमै परेका छन्। न्यायाधीश जीवनहरी अधिकारी र रामचन्द्र यादवले राजीनामा नै दिएर बाहिरिएका छन्। (गोर्खा ब्रुअरी कर छली प्रकरणमा न्यायाधीश सपना प्रधान मल्ल नेतृत्वको छानविन समितिले शाहीलाई बर्खास्ती गरेको थियो भने केहिले उन्मुक्ति पाएका थिए। यसबारे विस्तृत समाचार आउनेछ।)
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...












