पत्रकार किशोर श्रेष्ठलाई धम्क्याउने प्रयासप्रति नेपाल पत्रकार महासंघको आपत्ति
काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारका विषयवस्तुलाई लिएर पत्रकार किशोर श्रेष्ठलाई प्रहरी प्रयोग गरी धरपकड गर्ने प्रयास भएको भन्दै गम्भीर आपत्ति जनाएको छ।
महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो गतिविधिले स्वतन्त्र प्रेस र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार गरेको जनाएको हो।
महासंघका अनुसार केही दिनयता जनआस्था साप्ताहिक र जनआस्था डटकममा मन्त्री र सत्ताधारी दलका नेतासम्बन्धी समाचार प्रकाशित भएपछि प्रधान सम्पादक श्रेष्ठमाथि विभिन्न दबाब सिर्जना गरिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी लिएका प्रहरी अधिकारीहरूको निर्देशनमा पत्रकारलाई धम्क्याउने, धरपकड गर्ने तथा समाचारको स्रोत खुलाउन दबाब दिने गतिविधि भएको महासंघको दाबी छ।
विज्ञप्तिमा समाचार लेखेकै आधारमा पत्रकारमाथि गरिएको व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रविरुद्ध भएको उल्लेख गर्दै यस्ता गतिविधि तत्काल रोक्न माग गरिएको छ। साथै महासंघले प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न सकिने विषयमा प्रहरी हस्तक्षेप अस्वीकार्य भएको जनाएको छ।
महासंघले पत्रकार श्रेष्ठप्रति भएको व्यवहार सच्याउन र समाचारप्रति विमति भए प्रेस काउन्सिलमार्फत कानुनी प्रक्रियामा जान आग्रह गरेको छ। साथै पत्रकारलाई धम्क्याउने व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न पनि माग गरिएको छ।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












