पत्रकार किशोर श्रेष्ठलाई धम्क्याउने प्रयासप्रति नेपाल पत्रकार महासंघको आपत्ति
काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारका विषयवस्तुलाई लिएर पत्रकार किशोर श्रेष्ठलाई प्रहरी प्रयोग गरी धरपकड गर्ने प्रयास भएको भन्दै गम्भीर आपत्ति जनाएको छ।
महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो गतिविधिले स्वतन्त्र प्रेस र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार गरेको जनाएको हो।
महासंघका अनुसार केही दिनयता जनआस्था साप्ताहिक र जनआस्था डटकममा मन्त्री र सत्ताधारी दलका नेतासम्बन्धी समाचार प्रकाशित भएपछि प्रधान सम्पादक श्रेष्ठमाथि विभिन्न दबाब सिर्जना गरिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी लिएका प्रहरी अधिकारीहरूको निर्देशनमा पत्रकारलाई धम्क्याउने, धरपकड गर्ने तथा समाचारको स्रोत खुलाउन दबाब दिने गतिविधि भएको महासंघको दाबी छ।
विज्ञप्तिमा समाचार लेखेकै आधारमा पत्रकारमाथि गरिएको व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रविरुद्ध भएको उल्लेख गर्दै यस्ता गतिविधि तत्काल रोक्न माग गरिएको छ। साथै महासंघले प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न सकिने विषयमा प्रहरी हस्तक्षेप अस्वीकार्य भएको जनाएको छ।
महासंघले पत्रकार श्रेष्ठप्रति भएको व्यवहार सच्याउन र समाचारप्रति विमति भए प्रेस काउन्सिलमार्फत कानुनी प्रक्रियामा जान आग्रह गरेको छ। साथै पत्रकारलाई धम्क्याउने व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न पनि माग गरिएको छ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












