देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक लामो वक्तव्य जारी गर्दै श्रेष्ठले २३ वर्षअघि श्रीषा कार्की प्रकरणमा तत्कालीन कान्तिपुर दैनिकले खेलेको भूमिकामाथि पुनः बहस आवश्यक भएको बताएका हुन् ।
श्रेष्ठले तत्कालीन समयमा राजा ज्ञानेन्द्र शाहले शासनसत्ता हातमा लिएको संवेदनशील राजनीतिक परिवेशमा जनआस्थाले भित्री सूचना सम्प्रेषण गरिरहेको उल्लेख गर्दै, त्यसैबीच प्रकाशित एक सामग्रीपछि अभिनेत्री श्रीषा कार्कीले आत्महत्या गरेको घटनालाई लिएर आफूहरू वर्षौंसम्म कानुनी र सामाजिक दबाबमा परेको दाबी गरेका छन् ।
उनका अनुसार, त्यसबेला बसुन्धरा भुसाल ले नेपाल चलचित्र कलाकार संघको अध्यक्षको हैसियतमा प्रहरीमा उजुरी दिएकी थिइन् भने दरबारसमक्ष पत्रिका बन्द गराउन पहलसमेत भएको थियो । श्रेष्ठले श्रीषा कार्कीको तस्बिर खिच्ने नेपाल प्रहरीका तत्कालीन सब–इन्स्पेक्टर उद्धव भण्डारीले नै पछि उक्त तस्बिर आफूले खिचेको स्वीकार गरेको दाबी गरेका छन् ।
श्रेष्ठले आरोप लगाएअनुसार, त्यसबेला कान्तिपुर दैनिकले श्रीषा कार्की प्रकरणमा “एकपक्षीय” सामग्री श्रृंखलाबद्ध रूपमा प्रकाशित गरेको थियो । उनले आफूहरूको पक्ष समेट्न आग्रह गर्दा २२ मिनेट लामो रेकर्ड गरिएको भनाइसमेत प्रकाशन नगरेको उल्लेख गरेका छन् ।
हालै देशसञ्चारमा प्रकाशित अन्तर्वार्तामा बसुन्धरा भुसालले जनआस्था र किशोर श्रेष्ठमाथि श्रीषा कार्कीसँग पैसा मागेर ‘बार्गेनिङ’ गरेको आरोप लगाएकी थिइन् । त्यसपछि किशोर श्रेष्ठले युवराज घिमिरेमाथि प्रश्न उठाउँदै, “२३ वर्षअघिको घटनालाई अहिले पुनः किन उठाइयो ?” भन्ने प्रश्न गरेका छन् ।
श्रेष्ठले घिमिरेलाई लक्षित गर्दै पत्रकारिताको नैतिकता र सन्तुलनमाथि प्रश्न उठाएका छन् । उनले आफूविरुद्ध गम्भीर आरोप सार्वजनिक गरेपछि त्यसको प्रमाण प्रस्तुत गर्नुपर्ने भन्दै पटक–पटक सम्पर्क गर्दा पनि जवाफ नपाएको बताएका छन् ।
पत्रकार श्रेष्ठले सार्वजनिक गरेका केहि तथ्यहरु हेर्नुहोस,







Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...












