देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक लामो वक्तव्य जारी गर्दै श्रेष्ठले २३ वर्षअघि श्रीषा कार्की प्रकरणमा तत्कालीन कान्तिपुर दैनिकले खेलेको भूमिकामाथि पुनः बहस आवश्यक भएको बताएका हुन् ।
श्रेष्ठले तत्कालीन समयमा राजा ज्ञानेन्द्र शाहले शासनसत्ता हातमा लिएको संवेदनशील राजनीतिक परिवेशमा जनआस्थाले भित्री सूचना सम्प्रेषण गरिरहेको उल्लेख गर्दै, त्यसैबीच प्रकाशित एक सामग्रीपछि अभिनेत्री श्रीषा कार्कीले आत्महत्या गरेको घटनालाई लिएर आफूहरू वर्षौंसम्म कानुनी र सामाजिक दबाबमा परेको दाबी गरेका छन् ।
उनका अनुसार, त्यसबेला बसुन्धरा भुसाल ले नेपाल चलचित्र कलाकार संघको अध्यक्षको हैसियतमा प्रहरीमा उजुरी दिएकी थिइन् भने दरबारसमक्ष पत्रिका बन्द गराउन पहलसमेत भएको थियो । श्रेष्ठले श्रीषा कार्कीको तस्बिर खिच्ने नेपाल प्रहरीका तत्कालीन सब–इन्स्पेक्टर उद्धव भण्डारीले नै पछि उक्त तस्बिर आफूले खिचेको स्वीकार गरेको दाबी गरेका छन् ।
श्रेष्ठले आरोप लगाएअनुसार, त्यसबेला कान्तिपुर दैनिकले श्रीषा कार्की प्रकरणमा “एकपक्षीय” सामग्री श्रृंखलाबद्ध रूपमा प्रकाशित गरेको थियो । उनले आफूहरूको पक्ष समेट्न आग्रह गर्दा २२ मिनेट लामो रेकर्ड गरिएको भनाइसमेत प्रकाशन नगरेको उल्लेख गरेका छन् ।
हालै देशसञ्चारमा प्रकाशित अन्तर्वार्तामा बसुन्धरा भुसालले जनआस्था र किशोर श्रेष्ठमाथि श्रीषा कार्कीसँग पैसा मागेर ‘बार्गेनिङ’ गरेको आरोप लगाएकी थिइन् । त्यसपछि किशोर श्रेष्ठले युवराज घिमिरेमाथि प्रश्न उठाउँदै, “२३ वर्षअघिको घटनालाई अहिले पुनः किन उठाइयो ?” भन्ने प्रश्न गरेका छन् ।
श्रेष्ठले घिमिरेलाई लक्षित गर्दै पत्रकारिताको नैतिकता र सन्तुलनमाथि प्रश्न उठाएका छन् । उनले आफूविरुद्ध गम्भीर आरोप सार्वजनिक गरेपछि त्यसको प्रमाण प्रस्तुत गर्नुपर्ने भन्दै पटक–पटक सम्पर्क गर्दा पनि जवाफ नपाएको बताएका छन् ।
पत्रकार श्रेष्ठले सार्वजनिक गरेका केहि तथ्यहरु हेर्नुहोस,







Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...












