पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत खुलाउन दिइएको दबाबप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
बुधबार जारी प्रेस वक्तव्यमा संगठनले यस्तो कार्य प्रेस स्वतन्त्रता, स्रोत संरक्षण र लोकतान्त्रिक पत्रकारितामाथिको प्रत्यक्ष आक्रमण भएको जनाएको हो ।
डब्ल्यूएपीसीका द्वितीय उपाध्यक्षसमेत रहेका श्रेष्ठ साप्ताहिक ‘जनआस्थाका प्रधानसम्पादक पनि हुन् । सरकारी अधिकारीहरूसम्बन्धी अनुसन्धानात्मक समाचार प्रकाशन गरेपछि उनीमाथि विभिन्न प्रकारका दबाब र धम्की बढेको संगठनको दाबी छ ।
वक्तव्यमा पत्रकारलाई गोप्य स्रोत खुलाउन बाध्य पार्ने प्रयास लोकतान्त्रिक उत्तरदायित्व र जनविश्वास कमजोर बनाउने कार्य भएको उल्लेख गर्दै यस्ता गतिविधि तत्काल रोक्न माग गरिएको छ ।
डब्ल्यूएपीसीले प्रेस काउन्सिल नेपाल, मानवअधिकार निकाय, सञ्चार क्षेत्रका सरोकारवाला तथा नेपाल सरकारलाई पत्रकार श्रेष्ठको सुरक्षाको प्रत्याभूति गर्न र प्रेस स्वतन्त्रताको पक्षमा उभिन आग्रह गरेको छ ।
डब्ल्यूएपीसीका अध्यक्ष डेभिड ओम्वोयोले ‘स्वतन्त्र र निष्पक्ष प्रेस लोकतन्त्रको आधार हो, पत्रकारले आफ्नो पेशागत कर्तव्य निर्वाह गर्दा कुनै पनि प्रकारको धम्की वा निगरानी सामना गर्न नपरोस्,’ भन्दै नेपालका सम्बन्धित निकायलाई प्रेस स्वतन्त्रताको रक्षा गर्न आह्वान गरेका छन् ।
संगठनले विश्वभरका पत्रकारको सुरक्षाप्रति आफू प्रतिबद्ध रहेको पुनः दोहोर्याउँदै पत्रकारमाथि हुने हरेक प्रकारका हस्तक्षेप र त्रासको विरोध जारी रहने जनाएको छ ।
Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...












