पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत खुलाउन दिइएको दबाबप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
बुधबार जारी प्रेस वक्तव्यमा संगठनले यस्तो कार्य प्रेस स्वतन्त्रता, स्रोत संरक्षण र लोकतान्त्रिक पत्रकारितामाथिको प्रत्यक्ष आक्रमण भएको जनाएको हो ।
डब्ल्यूएपीसीका द्वितीय उपाध्यक्षसमेत रहेका श्रेष्ठ साप्ताहिक ‘जनआस्थाका प्रधानसम्पादक पनि हुन् । सरकारी अधिकारीहरूसम्बन्धी अनुसन्धानात्मक समाचार प्रकाशन गरेपछि उनीमाथि विभिन्न प्रकारका दबाब र धम्की बढेको संगठनको दाबी छ ।
वक्तव्यमा पत्रकारलाई गोप्य स्रोत खुलाउन बाध्य पार्ने प्रयास लोकतान्त्रिक उत्तरदायित्व र जनविश्वास कमजोर बनाउने कार्य भएको उल्लेख गर्दै यस्ता गतिविधि तत्काल रोक्न माग गरिएको छ ।
डब्ल्यूएपीसीले प्रेस काउन्सिल नेपाल, मानवअधिकार निकाय, सञ्चार क्षेत्रका सरोकारवाला तथा नेपाल सरकारलाई पत्रकार श्रेष्ठको सुरक्षाको प्रत्याभूति गर्न र प्रेस स्वतन्त्रताको पक्षमा उभिन आग्रह गरेको छ ।
डब्ल्यूएपीसीका अध्यक्ष डेभिड ओम्वोयोले ‘स्वतन्त्र र निष्पक्ष प्रेस लोकतन्त्रको आधार हो, पत्रकारले आफ्नो पेशागत कर्तव्य निर्वाह गर्दा कुनै पनि प्रकारको धम्की वा निगरानी सामना गर्न नपरोस्,’ भन्दै नेपालका सम्बन्धित निकायलाई प्रेस स्वतन्त्रताको रक्षा गर्न आह्वान गरेका छन् ।
संगठनले विश्वभरका पत्रकारको सुरक्षाप्रति आफू प्रतिबद्ध रहेको पुनः दोहोर्याउँदै पत्रकारमाथि हुने हरेक प्रकारका हस्तक्षेप र त्रासको विरोध जारी रहने जनाएको छ ।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...












