उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
वरिष्ठ अधिवक्ताहरू, अग्रज तथा डीएलएसँग आबद्ध सम्पूर्ण कानुन व्यवसायीहरूलाई सम्बोधन गर्दै घिमिरेले संगठनलाई परिवर्तन, प्रतिबद्धता र प्रविधिमैत्री सशक्त नेतृत्वको दिशातर्फ अघि बढाउन आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्।
उनले डीएलएलाई केवल व्यावसायिक संस्थाका रूपमा मात्र नभई लोकतन्त्र, विधिको शासन तथा कानुनी पेशाको गरिमालाई सुदृढ गर्ने साझा अभियानका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए। वर्तमान न्यायिक तथा समग्र देशको अवस्थालाई अवसरसँगै चुनौतीका रूपमा लिँदै त्यसलाई सामूहिक प्रयासमार्फत उपलब्धिमा रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ।
घिमिरेले अग्रजहरूको अनुभव र युवा पुस्ताको ऊर्जालाई समन्वय गर्दै पारदर्शी, प्रविधिमैत्री, प्रगतिशील तथा विश्वासयोग्य कानुनी समुदाय निर्माण गर्ने आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्।
उनका अनुसार संगठन त्यतिबेला मात्र सशक्त बन्न सक्छ जब प्रत्येक सदस्यको आवाज सुन्ने, क्षमता पहिचान गर्ने र नेतृत्वमा अवसर प्रदान गर्ने प्रणाली विकास हुन्छ। अध्यक्षका रूपमा आफ्नो प्राथमिकता संस्थागत सुदृढीकरण, सदस्यहरूको पेशागत क्षमता विकास, युवा कानुन व्यवसायीहरूको सशक्तीकरण तथा संगठनलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने रहेको उनले बताएका छन्।
“म कुनै व्यक्तिको होइन, विचारको उम्मेदवार हुँ,” भन्दै घिमिरेले सबै सदस्यलाई समेटेर संगठनलाई नयाँ ऊर्जा र नयाँ सम्भावनातर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले सम्पूर्ण सदस्यहरूको विश्वास, साथ, सहकार्य र अमूल्य मतको अपेक्षा गर्दै डीएलए काठमाडौंलाई न्यायमा पहुँचका लागि अझ सशक्त र सम्मानित संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य राखेका छन्।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












