उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
वरिष्ठ अधिवक्ताहरू, अग्रज तथा डीएलएसँग आबद्ध सम्पूर्ण कानुन व्यवसायीहरूलाई सम्बोधन गर्दै घिमिरेले संगठनलाई परिवर्तन, प्रतिबद्धता र प्रविधिमैत्री सशक्त नेतृत्वको दिशातर्फ अघि बढाउन आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्।
उनले डीएलएलाई केवल व्यावसायिक संस्थाका रूपमा मात्र नभई लोकतन्त्र, विधिको शासन तथा कानुनी पेशाको गरिमालाई सुदृढ गर्ने साझा अभियानका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए। वर्तमान न्यायिक तथा समग्र देशको अवस्थालाई अवसरसँगै चुनौतीका रूपमा लिँदै त्यसलाई सामूहिक प्रयासमार्फत उपलब्धिमा रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ।
घिमिरेले अग्रजहरूको अनुभव र युवा पुस्ताको ऊर्जालाई समन्वय गर्दै पारदर्शी, प्रविधिमैत्री, प्रगतिशील तथा विश्वासयोग्य कानुनी समुदाय निर्माण गर्ने आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्।
उनका अनुसार संगठन त्यतिबेला मात्र सशक्त बन्न सक्छ जब प्रत्येक सदस्यको आवाज सुन्ने, क्षमता पहिचान गर्ने र नेतृत्वमा अवसर प्रदान गर्ने प्रणाली विकास हुन्छ। अध्यक्षका रूपमा आफ्नो प्राथमिकता संस्थागत सुदृढीकरण, सदस्यहरूको पेशागत क्षमता विकास, युवा कानुन व्यवसायीहरूको सशक्तीकरण तथा संगठनलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने रहेको उनले बताएका छन्।
“म कुनै व्यक्तिको होइन, विचारको उम्मेदवार हुँ,” भन्दै घिमिरेले सबै सदस्यलाई समेटेर संगठनलाई नयाँ ऊर्जा र नयाँ सम्भावनातर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले सम्पूर्ण सदस्यहरूको विश्वास, साथ, सहकार्य र अमूल्य मतको अपेक्षा गर्दै डीएलए काठमाडौंलाई न्यायमा पहुँचका लागि अझ सशक्त र सम्मानित संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य राखेका छन्।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












