भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवालाई जोडेर अदालतमा निवेदन दर्ता गरिनुले यो प्रकरणलाई निकास दिन भन्दा घटनालाई अन्यत्रै मोडेर केही कानून व्यवसायीले चर्चामा आउने प्रयास गरेका छन् ।
अतिवादी धारको प्रतिनिधित्व गर्ने केही वकिलहरूले नेपालको प्रचलित कानूनी व्यवस्था र अभ्यास विपरीत यस्तो निवेदन दिएका हुन्।
अनुसन्धान र अभियोजन दायरामा नरहेका शीर्ष राजनीतिक नेतृत्वलाई अनाहकमा मुछ्ने गरी दायर गरिएको यो निवेदनलाई कानुनी जानकारहरूले ‘कानुनी प्रक्रियाको उपहास’ र ‘सुनियोजित न्यायिक स्टन्ट’को रूपमा व्याख्या गरेका छन्।
`एम्पायर’को भूमिकामा अदालत र कानुनी सीमा फौजदारी कानूनका ज्ञाता तथा पूर्व नायव महान्यायाधिवक्ता सूर्यराज दाहालले नेपाली न्याय प्रणालीमा अदालतको भूमिका एक निष्पक्ष ‘एम्पायर’ (निर्णायक) को रूपमा रहेको भन्दै अदालतले मुद्दा दर्ता गर्ने पक्ष (वादी) र प्रतिवाद गर्ने पक्षको प्रमाण तथा बहसलाई सुनेर फैसला दिने काम बताए। उनले फौजदारी न्यायको सिद्धान्तअनुसार मुद्दाको अनुसन्धान गर्ने, प्रमाण सङ्कलन गर्ने र अभियोग लगाउने कार्य प्रहरी र सरकारी वकिलको क्षेत्राधिकारभित्र पर्ने स्पष्ट गरेका छन्।
मुद्दाको अनुसन्धान चलिरहेको वा विचाराधीन रहेको अवस्थामा अदालतले बीचैमा हस्तक्षेप गरी “यसलाई बोलाऊ र बयान लेऊ” भन्न मिल्दैन। कानूनले तोकेको बाटो (Due Process of Law) छलेर अदालतलाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्न खोज्नु कानूनी शासनको मर्म विपरीत हुन्छ। अदालतले आफैँले स्वविवेकमा कुनै व्यक्तिलाई झिकाउने अधिकार केवल ‘अदालतको अवहेलना’ जस्ता अत्यन्तै सीमित अवस्थामा मात्र राख्दछ, जुन यो प्रकृतिको मुद्दामा लागू हुँदैन।
राजनीतिक पूर्वाग्रह र कानूनको दुरुपयोग
भुटानी शरणार्थी प्रकरण आफैँमा राज्यविरुद्धको गम्भीर अपराध हो। यस्तो मुद्दामा अनुसन्धान र अभियोजनका क्रममा प्रहरीले स्वतन्त्र रूपमा काम गर्नुपर्ने हुन्छ। तर, अभियोग पत्रमा नाम नसमेटिएका र अनुसन्धानमा कुनै भूमिका नदेखिएका शीर्ष नेताहरूलाई लक्षित गर्दै अदालतमा रिट हाल्नुले यस पछाडिको नियतमाथि प्रश्नचिह्न खडा गरेको छ।
अहिलेको अवस्थामा कानूनी शासनको उचित प्रक्रियालाई बेवास्ता गर्दै सडक र सामाजिक सञ्जालमा उठेका हल्लाका भरमा अदालतमा निवेदन दर्ता गर्ने प्रवृत्ति घातक छ। यदि अदालतले कानूनी जग बिनाका यस्ता मागहरूलाई प्रश्रय दियो भने भोलिका दिनमा हरेकले आफ्ना प्रतिद्वन्द्वीलाई थकाउन र गलाउन अदालतको ढोका ढकढक्याउने गलत परम्परा बस्न सक्छ।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...












