पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने निर्णय गरेको छ।
आज बसेको महानगर कार्यपालिकाको (बोर्ड) बैठकले एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास परियोजना तथा शहरी उत्थानशीलता र जीवनयापन सुधार आयोजना (RUDP/URLIP) अन्तर्गत “Access Road with Cycle Track to Panchase Improvement (SP2)” निर्माणका लागि बोलपत्र सम्बन्धी कागजात र संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गरेको हो।
१ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान
उक्त परियोजनाको कुल लागत अनुमान करिब १ अर्ब ३० करोड रुपैयाँ रहेको छ।
परियोजनाअन्तर्गत पञ्चासे पर्यटकीय क्षेत्रलाई जोड्ने विशेष पहुँच मार्ग निर्माण गरिनेछ। यो सडक घाँटीछिना देखि भञ्ज्याङसम्म विस्तार हुनेछ।
साथै, आधुनिक साइकल ट्र्याक निर्माण गरिनेछ भने पर्यटन, अध्ययन तथा अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्यले रिसर्च सेन्टर समेत स्थापना गरिने योजना रहेको छ।
यस्तै, महानगरपालिकाले यो परियोजनाले पोखराको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने, दिगो शहरी यातायात प्रणालीलाई सहयोग गर्ने तथा वातावरणमैत्री पूर्वाधार विकासलाई सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।
यसका साथै पञ्चासे क्षेत्रको जैविक विविधता अध्ययन तथा अनुसन्धानका लागि समेत यो परियोजना महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
Comments
अरु समाचार
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











