पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने निर्णय गरेको छ।
आज बसेको महानगर कार्यपालिकाको (बोर्ड) बैठकले एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास परियोजना तथा शहरी उत्थानशीलता र जीवनयापन सुधार आयोजना (RUDP/URLIP) अन्तर्गत “Access Road with Cycle Track to Panchase Improvement (SP2)” निर्माणका लागि बोलपत्र सम्बन्धी कागजात र संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गरेको हो।
१ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान
उक्त परियोजनाको कुल लागत अनुमान करिब १ अर्ब ३० करोड रुपैयाँ रहेको छ।
परियोजनाअन्तर्गत पञ्चासे पर्यटकीय क्षेत्रलाई जोड्ने विशेष पहुँच मार्ग निर्माण गरिनेछ। यो सडक घाँटीछिना देखि भञ्ज्याङसम्म विस्तार हुनेछ।
साथै, आधुनिक साइकल ट्र्याक निर्माण गरिनेछ भने पर्यटन, अध्ययन तथा अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्यले रिसर्च सेन्टर समेत स्थापना गरिने योजना रहेको छ।
यस्तै, महानगरपालिकाले यो परियोजनाले पोखराको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने, दिगो शहरी यातायात प्रणालीलाई सहयोग गर्ने तथा वातावरणमैत्री पूर्वाधार विकासलाई सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।
यसका साथै पञ्चासे क्षेत्रको जैविक विविधता अध्ययन तथा अनुसन्धानका लागि समेत यो परियोजना महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...












