पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । इन्जुरी समयमा क्रोएसियाले गरेको गोललाई रेफ्रीले अपसाइट दिएपछि सनसनीपूर्ण खेलमा पोर्चुगल विजयी भएको हो । यो निर्णयपछि मैदानमा केही समय विवादसमेत भएको थियो ।
टोरन्टोमा भएको अन्तिम ३२ को रोमाञ्चक भिडन्तमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गरेको हो । यो जितसँगै पोर्चुगलले अर्को चरणमा बलियो प्रतिद्वन्द्वी स्पेनसँगको भेट पक्का गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ निकै रोमाञ्चक बनेको थियो । खेलको ५३ औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको पोर्चुगलका लागि ६८ औँ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।
खेल बराबरीमै सकिन लाग्दा पोर्चुगलका प्रशिक्षकले ८१ औँ मिनेटमा रोनाल्डोलाई मैदानबाट निकाल्दै युवा खेलाडीलाई मौका दिएका थिए । रोनाल्डो जस्ता दिग्गज खेलाडीलाई यस्तो संवेदनशील समयमा मैदानबाहिर बोलाउने निर्णयको बारेमा चर्चा सुरु भएको छ । विश्लेषण गर्दै पूर्व खेलाडी स्टीफन वार्नकले भने, “नामलाई एकातिर छाडेर हेर्ने हो भने, खेलको गति र रणनीतिका हिसाबले यो एकदमै सही निर्णय थियो ।”
प्रशिक्षकको रणनीति खेलको अन्तिम समयमा फलदायी देखियो । ९० मिनेटको नियमित समयपछि थपिएको इन्जुरी समयको चौथो मिनेटमा राफायल लियाओको उत्कृष्ट क्रसलाई सदुपयोग गर्दै गोन्सालो रामोसले हेडमार्फत सानदार गोल गरे । रामोसको सोही गोल नै पोर्चुगलका लागि निर्णायक साबित भयो र क्रोएसिया विश्वकपको यात्राबाट बाहिरिन पुग्यो । अब क्वाटरफाइनल प्रवेशका लागि सोमबार पोर्चुगलले अस्ट्रियालाई हराएर उच्च मनोबलमा रहेको स्पेनको सामना गर्नेछ ।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...












