कर्तव्य ज्यान मुद्दाका दोषी पूर्व सांसद कोइरी जेल चलान
गौशाला (महोत्तरी)।महोत्तरी प्रहरीले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएका नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गरी कैद भुक्तानीका लागि जलेश्वर कारागार पठाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी पञ्चलाल गोलेका अनुसार कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा प्रतिवादी रहेका महोत्तरीको गौशाला नगरपालिका-२ निवासी ६० वर्षीय लक्ष्मी महतोलाई अदालतको फैसला कार्यान्वयनका लागि बिहीबार कारागार पठाइएको हो ।कोइरी २०७४ को निर्वाचनमा महोत्तरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुनुहुन्छ।
प्रहरीका अनुसार २०७२ भदौ २५ गते ड्युटीमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिक माथि आक्रमण गरी हत्या गरिएको घटनासम्बन्धी मुद्दामा जिल्ला अदालत महोत्तरीले २०८० मङ्सिर २८ गते लक्ष्मी महतोलाई सफाइ दिएको थियो तर उक्त फैसला उल्टाउँदै उच्च अदालत जनकपुरले २०८३ असार १७ गते मुलुकी ऐन ज्यान सम्बन्धी महलको दफा १७९२० बमोजिम पाँच वर्ष कैद सजाय हुने फैसला सुनाएको छ।
उक्त फैसला कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले लक्ष्मी महतोलाई २०८३ असार १८ गते साँझ करिब ६ बजे पक्राउ गरी आज शुक्रबार महोत्तरी जिल्ला अदालत, जलेश्वरमा उपस्थित गराई अदालतको आदेशअनुसार पाँच वर्ष कैद सजाय भुक्तानीका लागि कारागार कार्यालय जलेश्वर पठाइएको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी पञ्चलाल गोलेले जानकारी दिनुभयो। प्रहरी नायब उपरीक्षक गोलेको अनुसार अदालतको फैसला कार्यान्वयन अभियानलाई निरन्तरता दिइएको हो ।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...












