कर्तव्य ज्यान मुद्दाका दोषी पूर्व सांसद कोइरी जेल चलान
गौशाला (महोत्तरी)।महोत्तरी प्रहरीले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएका नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गरी कैद भुक्तानीका लागि जलेश्वर कारागार पठाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी पञ्चलाल गोलेका अनुसार कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा प्रतिवादी रहेका महोत्तरीको गौशाला नगरपालिका-२ निवासी ६० वर्षीय लक्ष्मी महतोलाई अदालतको फैसला कार्यान्वयनका लागि बिहीबार कारागार पठाइएको हो ।कोइरी २०७४ को निर्वाचनमा महोत्तरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुनुहुन्छ।
प्रहरीका अनुसार २०७२ भदौ २५ गते ड्युटीमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिक माथि आक्रमण गरी हत्या गरिएको घटनासम्बन्धी मुद्दामा जिल्ला अदालत महोत्तरीले २०८० मङ्सिर २८ गते लक्ष्मी महतोलाई सफाइ दिएको थियो तर उक्त फैसला उल्टाउँदै उच्च अदालत जनकपुरले २०८३ असार १७ गते मुलुकी ऐन ज्यान सम्बन्धी महलको दफा १७९२० बमोजिम पाँच वर्ष कैद सजाय हुने फैसला सुनाएको छ।
उक्त फैसला कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले लक्ष्मी महतोलाई २०८३ असार १८ गते साँझ करिब ६ बजे पक्राउ गरी आज शुक्रबार महोत्तरी जिल्ला अदालत, जलेश्वरमा उपस्थित गराई अदालतको आदेशअनुसार पाँच वर्ष कैद सजाय भुक्तानीका लागि कारागार कार्यालय जलेश्वर पठाइएको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी पञ्चलाल गोलेले जानकारी दिनुभयो। प्रहरी नायब उपरीक्षक गोलेको अनुसार अदालतको फैसला कार्यान्वयन अभियानलाई निरन्तरता दिइएको हो ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...












